CLI

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले ओमानसामु २५७ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा टस जितेर ब्याटिङ गरेको नेपाल एक बल बाँकी रहँदा २५६ रनमा अलआउट भयो। नेपालको इनिङ्समा ओपनर आशिफ शेख ले ९४ रनको उत्कृष्ट योगदान दिए। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै इनिङ्स सम्हालेका थिए।

आशिफले अर्जुन कुमाल सँग दोस्रो विकेटका लागि १२२ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्‍याएका थिए। कुमालले ४८ रन जोडे। मध्यक्रममा दीपेन्द्रसिंह ऐरी ले ३३ रन बनाउँदा आरिफ शेख ले ४३ रनको योगदान दिए।

अन्य ब्याटरहरू भने अपेक्षाअनुसार चल्न सकेनन्। कप्तान रोहित पौडेल ९ रनमै आउट भए भने विनोद भण्डारी र करण केसी खाता खोल्न सकेनन्।

ओमानका लागि नदिम खानले ३ विकेट लिए भने सकिल अहमद र हसनैन शाहले समान २–२ विकेट लिए। अब ओमानले २५७ रनको लक्ष्य पछ्याउँदै केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।

Leave Your Comment

Related News