CLI

ओमानमाथि नेपालकाे ८१ रनको शानदार जित, गुलशनले लिए ५ विकेट

काठमाडौं । मंगलबार सम्पन्न खेलमा नेपालले ८१ रनको विशाल जित निकालेको छ ।

नेपालले प्रस्तुत गरेको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमा अलआउट भयो। ओमानका विनायक शुक्लाले ३६ र हमाद मिर्जाले ३४ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।

नेपालका लागि बलिङतर्फ गुल्सन झाले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। उनले ९ ओभरमा ३८ रन मात्र खर्चिए। सन्दीप लामिछानेले १ विकेट लिए भने करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले पनि १–१ विकेट हात पारे।

जितसँगै नेपालले २४ खेलबाट १८ अंक पुर्‍याएको छ। यद्यपि, नेपाल सातौं स्थानमा यथावत् छ। चार खेल बढी खेलेको ओमान भने ३१ अंकसहित तेस्रो स्थानमा यथावत् छ।

 

Leave Your Comment

Related News