CLI

दिल्लीद्वारा १५६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आजको आईपीएल २०२६ अन्तर्गत दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स बीचको पहिलो इनिङ समाप्त भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको  स्कोर खडा गरेको छ।

दिल्लीका लागि समीर रिज्वीले सर्वाधिक ४० रन र ट्रिस्टन स्टब्सले ३८ रन जोड्दै टोलीलाई सम्मानजनक अवस्थामा पुर्‍याए पनि अन्य ब्याटरहरूले ठूलो योगदान दिन सकेनन्।

चेन्नई सुपर किङ्सका बलरहरूले आज निकै अनुशासित प्रदर्शन गरे। विशेषगरी नुर अहमदले २ विकेट लिँदै दिल्लीको रन गतिमा अंकुश लगाए भने मुकेश चौधरी र जेमी ओभरटनले पनि १-१ विकेट लिएर साथ दिए।

अब चेन्नईले यो खेल जित्नका लागि १५६ रनको लक्ष्य पछ्याउनुपर्नेछ। चोटका कारण महेन्द्र सिंह धोनी मैदान बाहिर रहे पनि चेन्नईका समर्थकहरू आफ्नो टोलीले यो लक्ष्य सजिलै पुरा गर्नेमा विश्वस्त देखिएका छन्।

Leave Your Comment

Related News