CLI

इरानले भन्यो, ‘अमेरिकाले पहिले आक्रमण गर्‍यो’, युद्धविराम अझै कायम रहेको ट्रम्पको भनाई

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच फेरि सैन्य झडप भए पनि युद्धविराम अझै कायम रहेको बताएका छन्। रोयटर्सका अनुसार, फारसको खाडी क्षेत्रमा अमेरिकी र इरानी सेनाबीच भिडन्त भएको छ भने संयुक्त अरब इमिरेट्समा पनि ड्रोन तथा मिसाइल आक्रमण भएको बताइएको छ । यस घटनाले एक महिनाअघि भएको युद्धविराम संकटमा परेको संकेत दिएको छ ।

ट्रम्पले तीन अमेरिकी नौसैनिक विनाशकारी जहाज (डिस्ट्रोयर) माथि इरानले आक्रमण गरेको दाबी गरेका छन्। उनका अनुसार जहाजहरू सुरक्षित रहे, तर इरानी पक्षलाई ठूलो क्षति पुगेको छ ।

यता इरानले भने अमेरिकाले युद्धविराम उल्लंघन गर्दै इरानी तेल ट्यांकर र तटीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ। इरानले त्यसको जवाफमा अमेरिकी सैन्य जहाजहरूलाई निशाना बनाएको जनाएको छ।

अमेरिकी सेनाले भने आफ्ना कुनै पनि जहाज वा सैन्य सम्पत्तिमा क्षति नभएको दाबी गरेको छ। केही घण्टापछि इरानी सरकारी सञ्चारमाध्यमले स्थिति सामान्य बन्दै गएको जनाएको छ ।

यसबीच, युद्ध अन्त्य गर्न अमेरिकाले दिएको प्रस्तावमाथि इरानले अध्ययन गरिरहेको बताइएको छ । ट्रम्पले इरानसँग वार्ता जारी रहेको र आणविक हतियार नबनाउने विषयमा सहमति हुन सक्ने संकेत दिएका छन् । यता, तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो लागेको छ। ब्रेन्ट क्रुड तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।

Leave Your Comment

Related News