काठमाडौं । हार बेहोरेसँगै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल दौडबाट बाहिरिएको छ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा साबिक विजेता इरानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो। योसँगै नेपालले शुक्रबार तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ। समूह चरणमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो।
भारत भने पहिलो सेमिफाइनलमा काजाकिस्तानसँग ३–० को सोझो सेटमै पराजित भएको थियो। नेपालले पहिलो सेट २०–२५ ले गुमाएको थियो। त्यसपछिका दुई सेटमा १५–२५ र ११–२५ को हार बेहोर्यो।


