मूल्यवृद्धि घट्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०÷८१ को तुलनामा चालु आर्थिक वर्षमा मूल्य वृद्धि घटाउने योजनामा रहेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८१÷८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८१ ÷ ८२ मा मूल्यवृद्धि ५ प्रतिशतको हाराहारीमा रहने प्रक्षपेण गरे सँगै मूल्यवृद्धि गत आर्थिक वर्र्ष २०८०÷८१ को तुलनामा १.५ प्रतिशतले कमी ल्याउने पक्षेपण गरिएको हो । गत आर्थिक वर्ष २०८१ ÷ ८२ मा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको ११ महिनासम्मको औसत उपभोक्ता मूल्यवृद्धि ५.६२ प्रतिशत कायम भएको छ । २०८१ जेठ महिनामा वार्षिक विन्दुगत मूल्यवृद्धि ४.१७ प्रतिशत रहेको छ । गत आर्थिक वर्र्ष २०८०÷८१ मा वार्षिक औसत मूल्यवृपिद्ध लक्ष्यभित्रै नै रहने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कोभिड – १९ को विश्वव्यापी संकटबाट विश्व अर्थतन्त्र माथि उठ्न नपाउँदै शुरु भएको रुस– युक्रेन युद्ध र अघिल्लो आर्थिक वर्षको पहिलो त्रयमासदेखि जारी रहेको मध्यपूर्वको तनाव कायमै रहेको छ । सामुद्रिक ढुवानी रुटहरुमा व्यवधान भइरहेको अवस्था छ । उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रहरुको मुद्रास्फीति लक्ष्यभन्दा माथि नै रहेको छ । फलस्वरुप, धेरैजसो केन्द्रीय बैंकहरुले लिएको कसिलो नीतिगत कार्यदिशालाई नै निरन्तरता दिईरहेका छन् ।
आर्थिक वर्ष २०८०÷८१ को एघार महिनासम्मको तथ्याङ्कअनुसार वार्षिक औसत मुद्रास्फीति वाञ्छित सीमाभित्रै रहने देखिएको छ । आर्थिक वर्ष २०८१ ÷ ८२ का लागि मुद्रास्फीति ५.५ प्रतिशतको अनुमान नेपाल सरकारको बजेटले उल्लेख गरेको छ । भारतीय रिजर्भ बैंकले सन् २०२४÷२५ को लागि ४.५ प्रतिशत मुद्रास्फीति प्रक्षेपण गर्दै लक्षित ४.० प्रतिशतको मुद्रास्फीति कायम गर्न यसअघि लिइएको कसिलो कार्यदिशालाई कायमै राखेको छ । पछिल्ला महिनाहरुको मुद्रास्फीतिको प्रवृति विश्लेषण र भारतीय मुद्रास्फीतिको परिदृश्य हेर्दा आर्थिक वर्ष २०८१÷८२ मा नेपालको मुद्रास्फीति ५.० प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण छ । यद्यपि, बाह्य कारणबाट खाद्यान्न र इन्धनजस्ता अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएमा त्यसबाट मुद्रास्फीतिमा पुनः चाप पर्नसक्ने जोखिम भने रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, सन् २००८ को वित्तीय संकटले मौद्रिक नीति र समष्टिगत विवेकशील नियमनका बीच तादात्म्यता अपनाउँदा वित्तीय स्थायित्व कायम गर्न सकिने पाठ सिकाएको र तत्पश्चात् केन्द्रीय बैंकहरुले मौद्रिक नीति र विवेकशील नियमन नीतिबीच सुदृढ समन्वय र सामञ्जस्यतामा जोड दिने गरेको देखिन्छ । यस बैंकले समेत मौद्रिक नीति र समष्टिगत विवेकशील नियमनबीचको समन्वय र तादात्म्यतामा जोड दिँदै आएको छ । लगानीमा रहेको कर्जा कुल गार्हस्थ्य उत्पादनको तुलनामा अधिक रहेको भएतापनि पछिल्लो दुई वर्ष कर्जा प्रवाहको वृद्धिदर कम रहेको छ । अर्कोतर्फ पछिल्ला महिनाहरुमा बैंकिङ्ग प्रणालीमा कर्जा असुली प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढेको सन्दर्भमा पुँजी पर्याप्तता लगायतका परिसूचकहरुबाट वित्तीय स्थायित्वमा दबाब पर्न नदिनेतर्फ सजग रही मौद्रिक नीतिसँग सामन्जस्यता कायम गर्दै नियामकीय नीति तर्जंमा गर्ने व्यवस्थालाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताइएको छ ।
मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले विप्रेषण आप्रवाह उत्साहजनक रहेको, आयात संकुचनका साथै पर्यटक आगमन बढेको कारण विदेशी विनिमय सञ्चिति उच्च रहेको बताएको छ । उत्पादनशील भौतिक पूर्वाधारको निर्माण, उत्पादनमूलक उद्योगहरुको स्थापना, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन हुने गरी विदेशी विनिमय सञ्चितिको उपयोग गर्ने अवसर रहेको राष्ट्र बैंकले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार