काठमाडौं ।फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरूमा रोमाञ्चक प्रतिस्पर्धा जारी रहने क्रममा भोलि समूह ‘बी’ र समूह ‘डी’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्।
भोलिको पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत आयोजक राष्ट्र क्यानडाले बोस्निया एण्ड हर्जगोभिना को सामना गर्नेछ। नेपाली समय अनुसार भोलि बिहान १२:४५ बजे (००:४५) सुरु हुने यस खेलमा क्यानडा घरेलु मैदानमा हुने छ ।
त्यस्तै, भोलि नै हुने दोस्रो खेलमा समूह ‘डी’ अन्तर्गत अर्को आयोजक राष्ट्र संयुक्त राज्य अमेरिका र दक्षिण अमेरिकी टोली पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ।
नेपाली समय अनुसार भोलि बिहान ६:४५ बजे सुरु हुने यस खेललाई निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ। दुवै आयोजक टोलीहरू भोलि मैदान उत्रिँदा विश्वभरका खेलप्रेमीहरूको नजर उनीहरूको प्रदर्शनमा रहनेछ।


