CLI

विश्वकप फुटबलमा इंग्ल्यान्डको शानदार जित

काठमाडौं । इंग्ल्यान्डले विश्वकप फुटबल २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा शानदार जित निकालेको छ । बिहीबार बिहान सकिएको खेलमा उसले क्रोएसियालाई ४–२ ले पराजित गरेको हो ।

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनको २ गोल अनी जुड बलिङहम र मार्कुस रासफोर्डको एक–एक गोल गरे । जितपछि इंग्ल्यान्डले समूह एलमा ३ अंक जोडेको छ । डालास स्टेडियममा भएको खेलको पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुई गोल गर्दे इंग्ल्यान्डले जित हात पारेको हो । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पहिलो हाफमा दुई पटक गोल गर्दे अग्रता दिलाएका थिए । पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दुई पटक बराबरी गोल फर्काएको थियो ।

कप्तान ह्यारी केनले १२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता  दिलाएका थिए । केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपनि पुनः पेनाल्टी प्रहार गरिएको थियो र  केनले सहजै गोल गरे ।

क्रोएसियाका कप्तान लुका मोडरिकले नोनी मोदुएकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरि गोल फर्काए । पिटर सुसिकको ले–अफ पासमा बाटुरिनाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । केनले ४२ औं मिनेटमा डेक्लान राइसको कर्नरमा गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाएका थिए । पिटर मुसाले पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका हुन् ।

खेलमा जुड बेलिङहमले ४७औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ३–२ को अग्रता दिलाएका हुन् । उनले एलिएट एन्डरसनको पासमा गोल गरेका हुन् ।
मार्सक रासफोर्डले ८५औं मिनेटमा इंग्ल्यान्डका लागि चौथो गोल गरेका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रासफोर्डले बुकायो साकाको पासमा गोल गरेका हुन् ।

Leave Your Comment

Related News