CLI

आप्रवास भिसामा विदेशी मुद्रा सटहीको सीमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आप्रवास भिसा प्राप्त गरी सम्बन्धित देशमा पहिलोपटक जाने नेपालीले पाउने विदेशी मुद्रा सटही सुविधाको सीमा तोकेको छ। राष्ट्र बैंकले नियामकीय व्यवस्थामार्फत विदेशी मुद्राको सहटी सुविधाको सीमा तोकेको हो । तोकिएको सिमा अनुसार  नेपाली नागरीकले एकपटक मात्र सेलटमेन्ट खर्चबापत प्रतिव्यक्ति बढीमा ५ हजार अमेरिकी डलर वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही गर्न सक्नेछन् ।

राहदानी, आप्रवास भिसा र हवाई टिकटको प्रतिलिपि पेस गरी सम्बन्धित व्यक्तिले राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट यस्तो सटही सुविधा लिन सक्नेछन्।

यो व्यवस्थाअनुसारको सटही सुविधा नलिई सम्बन्धित देश गएर नेपाल फर्की पुनः जाने र सोही देशमा रहेको समयमा आप्रवास भिसा प्राप्त गरी पुनः विदेश फर्किने नेपाली नागरिकले यस्तो सटही सुविधा पाउने छेनन् । राष्ट्र बैंकले सूचना मार्फत यस्तो जानकारी दिएको हो ।

 

Leave Your Comment

Related News