CLI
Global College

जापानको सानदार जित, ट्युनिसिया ४–० गोल अन्तरले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत समूह ‘एफ’  को खेलमा  जापानले अफ्रिकी टोली ट्युनिसियामाथि ४–० को फराकिलो जित दर्ता गरेको छ।

जापानका लागि खेल सुरु भएको चौथो मिनेटमै दाइची कामादा ले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ३१ औँ मिनेटमा आयासे उएडा  ले गोल गर्दै पहिलो हाफमै जापानको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दिएको जापानका लागि ६९ औँ मिनेटमा जुन्या इतोले तेस्रो गोल थपे। खेलको अन्त्यतिर अर्थात् ८३ औँ मिनेटमा आयासे उएडाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई ४–० को विशाल जित दिलाए। यो सानदार जितसँगै जापान समूह ‘एफ’ को दोस्रो स्थानमा मजबुत बनेको छ भने पराजित ट्युनिसिया समूहको चौथो (अन्तिम) स्थानमा रहेको छ।

Leave Your Comment

Related News