काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउण्ड अफ ३२’ को समीकरण तय भएको छ। ४८ टोलीहरूको सहभागिता रहेको यस विश्वकपमा टोलीहरूलाई ४-४ को दरले १२ वटा समूहमा विभाजन गरिएको थियो, जहाँबाट प्रत्येक समूहका शीर्ष दुई टोली (२४ टोली) सिधै नकआउट चरणमा प्रवेश गरे।
बाँकी ८ स्थानका लागि १२ वटा समूहका तेस्रो स्थानमा रहेका टोलीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो, जसमा सबैभन्दा बढी अङ्क र उत्कृष्ट गोल अन्तर भएका ८ उत्कृष्ट तेस्रो स्थानका टोलीहरू (जस्तै डीआर कङ्गो, स्वीडेन, र इक्वेडर) ले अन्तिम ३२ मा ठाउँ बनाए।
फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ (नकट आउट चरण) को खेल तालिका
- दक्षिण अफ्रिका vs क्यानडा — असार १५, सोमबार | बिहान ००:४५ बजे (लस एन्जलस स्टेडियम, अमेरिका)
- ब्राजिल vs जापान — असार १५, सोमबार | राति १०:४५ बजे (ह्युस्टन स्टेडियम, अमेरिका)
- जर्मनी vs पाराग्वे — असार १६, मंगलबार| बिहान ०२:१५ बजे (बोस्टन स्टेडियम, अमेरिका)
- नेदरल्याण्ड्स vs मोरक्को — असार १६, मंगलबार| बिहान ०६:४५ बजे (एस्टाडियो मोन्टेरे, मेक्सिको)
- आईभोरी कोस्ट vs नर्वे — असार १६, मंगलबार| राति १०:४५ बजे (डलास स्टेडियम, अमेरिका)
- फ्रान्स vs स्वीडेन — असार १७, बुधबार| बिहान ०२:४५ बजे (न्यूयोर्क न्यूजर्सी स्टेडियम, अमेरिका)
- मेक्सिको vs इक्वेडर — असार १७, बुधबार| बिहान ०८:४५ बजे (मेक्सिको सिटी स्टेडियम, मेक्सिको)
- इङ्गल्याण्ड vs डीआर कङ्गो — असार १७, बुधबार| राति ०९:४५ बजे (एटलान्टา स्टेडियम, अमेरिका)
- बेल्जियम vs सेनेगल — असार १८, बहिबार| बिहान ०१:४५ बजे (सियाटल स्टेडियम, अमेरिका)
- अमेरिका vs बोस्निया एण्ड हेर्जेगोभिना — असार १८, बहिबार| बिहान ०५:४५ बजे (स्यान फ्रान्सिस्को बे एरिया स्टेडियम, अमेरिका)
- स्पेन vs अस्ट्रिया — असार १९, शुक्रबार| बिहान ००:४५ बजे (लस एन्जलस स्टेडियम, अमेरिका)
- पोर्चुगल vs क्रोएसिया — असार १९, शुक्रबार| बिहान ०४:४५ बजे (टोरन्टो स्टेडियम, क्यानडा)
- स्विट्जरल्याण्ड vs अल्जेरिया — असार १९, शुक्रबार| बिहान ०५:४५ बजे (बीसी प्लेस, भ्यान्कुभर, क्यानडा)
- अष्ट्रेलिया vs इजिप्ट — असार १९, शुक्रबार| राति ११:४५ बजे (डलास स्टेडियम, अमेरिका)
- अर्जेन्टिना vs केप भर्डे — असार २०, शनिबार| बिहान ०३:४५ बजे (मियामी स्टेडियम, अमेरिका)
- कोलम्बिया vs घाना — असार २०, शनिबार| बिहान ०६:१५ बजे (कान्सास सिटी स्टेडियम, अमेरिका)


