काठमाडौं । बुधबार नेप्से परिसूचक १४ अंकले बढेर २५९०.२९ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन, ३६२ वटा कम्पनीको ८४ लाख ६९ हजार ११० कित्ता सेयर कारोबार हुँदा ८ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ पुगेको छ । जुन मंगलबारको तुलनामा ४ अर्ब २५ करोड १८ लाख रुपैयाँले कम हो । मंगलबार कारोबार रकम ८ अर्ब २५ करोड १८ लाख रुपैयाँ थियो।
त्यसतै, सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ४५३.९४ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.०७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९९ अंकले बढेको छ ।
यस दिन ११ उप समूह बढेका छन् भने १ उप समुह घटेको छ भने १ उप समूह स्थिररहेको छ । बैंकिङ ०.७५ प्रतिशत, विकास बैंक १.३७,वित्त ०.५०, होटल्स तथा पर्यटन समूह ०.६१, जलविद्युत ०.४७, जीवन बीमा ०.५४, उत्पादन र प्रशोधन ०.५७, लघुवित्त ०.२७, निर्जीवन बीमा १.०३,अन्य समूह ०.३७ र व्यापार समूह ०.६० प्रतिशतले बढेका छन्। लगानी ०.५४ प्रतिशतले घटेका छन् र म्युअुचल फण्ड स्थिर रहेको छ ।
एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य ९.२० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नारायणी डेभलपमन्ट बैंकको शेयरमूल्य करिब ८.४० प्रतिशत बढेको भने थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य ६.६७ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन १० प्रतिशत हिमालयन बैंक डिबेञ्चर २०८३ पहिलो स्थानमा रहेको छ। यस दिन ४४ करोड १० लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। त्यस्तै, ३३ अर्ब रुपैयाँभन्दा बढीको ७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८ किनबेच भएको छ भने करिब २२ करोड रुपैयाँको १०.२५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८३/८४ कारोबार भएको छ।


