अविरल वर्षाका कारण कान्तिलोकपथ अवरुद्ध

काठमाडौं । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ ।

भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको हो । बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार