अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

कालीकोट। पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्ला, प्रहरीलगायतको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको हो । गएरातिदेखि निरन्तर वर्षा भइरहेकाले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड आज बिहानैदेखि अवरुद्ध बनेको थियो । राजमार्गअन्तर्गत कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै […]

आठौँ वार्षिकोत्सवमा आई.एम.ई. लाइफ इन्स्योरेन्सका वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्सको आठौँ बार्षिक उत्सवको शुभअवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । काठमाडौंको लैनचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । ‘ रगतदान, जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी […]

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकः औचित्य नभएका संस्था खारेज, समायोजन र हस्तान्तरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकमा औचित्य नभएका संस्था खारेज, गाभ्ने वा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा भएको बैठकले यसअघिका विभिन्न आयोग एवं कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज गर्ने, गाभ्ने र हस्तान्तरणका लागि सिफारिस भएका […]

पुनः घटयो शेयर बजार, २७६१ मा नेप्से झर्दा २७ करोड बढीले बढ्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । सोमबार देखि निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार बढेको थियो भने आइतबार पुनः घटेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेर ४७३.६७ […]

बीमाङ्कीय मूल्याङ्कन लगायत समसामयिक विषयमा छलफल सम्पन्न

काठमाडौं ।नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसायिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्र्रिया कार्यक्रम शुक्रबार (साउन ३० गते) ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण, आईएफआरएस–१७ कार्यान्वयन र एक्चुअरीहरूको नियुक्ति सम्बन्धमा प्रस्तुति गरेका छन् । परामर्शदाता […]

अबदेखि सुनचाँदी व्यवसायीलाई  ५ लाख अमेरिकी डलर सटही सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीहरुलाई अमेरिकी डलर सटहीमा थप सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त जानकारी दिएको हो । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको समीसम्म सहटी सुविधा प्रदान गरेको जनाएको […]

कहाँका किसानले बेच्दैछन् दैनिक १० हजारभन्दा बढीको स्कुस ?

गाईघाट । सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी क्षेत्र रौता, साउने, खाँबु, रौतामलबासे, सल्लेलगायत क्षेत्रमा उत्पादित स्कुस दैनिक १० हजारको हाराहारीमा कारोबार हुन थालेको छ । खाँबुका स्कुस उत्पादक किसान टङ्कबहादुर मगरका अनुसार साउनको अन्तिम सातादेखि यहाँ उत्पादित स्कुस गाईघाट बजार क्षेत्रमा बिक्री गर्न सुरु भएको हो । खाँबुका अर्का किसान देवराज […]

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरो पन्छाएपछि अहिले दिउँसो १ बजेदेखि सडक पुनःसञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान ४ः२० बजे गएको पहिरो ८ बजे पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै […]

परियोजना धितो राख्ने स्टार्टअप उद्यममा आर्कषण : १ अर्ब विनयोजन युवाहरुले लिए साढे ८८ करोड बढी 

काठमाडौं । नविनतम ज्ञान र सीप सहित सञ्चालन गरिने स्टार्ट अप उद्यमका लागि सरकारले विनियोजन गरेको बजेटमा अधिकतम खर्च गर्न सकेको छ । उद्योग मन्त्रालय अन्तर्गत औद्योगिक विकास प्रतिष्ठानले सञ्चालन गरेको स्टार्ट अप उद्यम कार्यक्रमका लागि सरकारले ८८ अर्ब बढी खर्च गरेको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ६०० वटा स्टार्टअप पयिोजनका लागि ८८ […]

ओली सरकारको एक आर्थिक वर्ष : १९०० माइलस्टोन तय १२३६ माइलस्टोन सम्पन्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत आर्थिक वर्षमा १ हजार ९०० माइलस्टोन तय गरेकोमा १ हजार २३६ वटा माइलस्टोन सम्पन्न गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बजेट कार्यान्वयनको समीक्षाका क्रममा आर्थिक वर्ष २०८१÷८२ मा प्रधानमन्त्री र मन्त्रीहरूबीच भएको कार्यसम्पादन सम्झौता अनुसार उक्त काम भएको हो । उक्त सम्झौता अनुरुप प्रधानमन्त्री […]