भारतीय विमानलाई आफ्नो आकाश मार्ग बन्द गर्दा पाकिस्तानले व्यहोर्यो ठूलो आर्थिक घाटा

काठमाडौं । पाकिस्तानले भारतको सिन्धु जलसन्धि निलम्बनको जवाफ स्वरुप अप्रिल २४ देखि भारतीय दर्ता भएका विमानहरुको आकाश मार्ग बन्द गर्दा ठूलो आर्थिक घाटा व्यहोरेको छ । पाकिस्तान एयरपोर्ट्स अथोरिटीले करिब दुई महिनामा ४.१ अर्ब पाकिस्तानी रुपियाँ गुमाएको छ । डनको रिपोर्ट अनुसार दैनिक १०० देखि १५० भारतीय विमानहरु आकाश मार्ग प्रयोग गर्न नपाउँदा पाकिस्तानको हवाई यातायात […]

फोटोन नेपालको मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

काठमाडौं ।  फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प औपचारिक रूपमा सुरु गरेको छ। यस पहलको उद्देश्य फोटोन सवारी धनीहरूलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिका लागि सवारीलाई तयारी अवस्थामा राख्न सहयोग गर्नुका साथै सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्नु हो। यो विस्तृत सर्भिस कार्यक्रमले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि लिएर […]

मौलाकाली केबलकारले ९ महिनामा कमायो ८ करोड १० लाख, कति पायो रेटिङ ?

काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले गत वर्षको ९ महिनामा ८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष (सन् २०२४) मा भने १० करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा २ करोड ४० लाख आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । इक्राले मौलाकाली केबलकार लिमिटेडलाई ‘इक्राएनपी आइआर बीबी’ रेटिङ […]

‘फोर्थिङ फ्राइडे’ आफ्नो नयाँ ‘सेग्मेन्ट’ मा, सबैभन्दा किफायती मूल्यमा नेपाली बजारमा

काठमाडौं ।  नेपालको बढ्दो विद्युतिय (इलेक्ट्रिक) सवारी साधन (ईभी) बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई–मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोथिङ’ लाई नेपाली बजारमा ल्याएको छ । नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यसलाई एक महत्वपूर्ण कदम ठानिएको छ । ‘फोथिङ’ को पहिलो मोडेल, ‘फ्राइडे ईभी’ नेपालमा २०८२ साउन २ गते राष्ट्रिय अटो […]

व्यवसायीहरुले एक वर्षमा ८ वटा हेलिकप्टर नेपाल ल्याए, २ अर्ब २२ करोड बढी खर्चिए

काठमाडौं । नेपालमा विदेशबाट २ अर्ब बढीको ८ वटा हेलिकप्टर ल्याइएको छ । अर्थ मन्त्रालयका अनुसार २ अर्ब २२ करोड ८९ लाख ५८ हजार खर्च गरी ८ वटा हेलिकप्टर नेपाल ल्याइएको हो । तौल २ हजार किलोग्राम रहेको उक्त हेलिकप्टर भने गत आर्थिक वर्षमा ल्याइएको हो । मन्त्रालयका अनुसार गत आवको जेठमा मात्रै १ अर्ब […]

कृषि विकास बैंकको नाफा ४ अर्ब १५ करोड, खुद ब्याज आम्दानी घट्दा पनि यसकारण आयो सुधार

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म  ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.२८ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी १० अर्ब […]

साहस उर्जाको विद्युत बिक्रीबाट हुन आम्दानी २ अर्ब ६४ करोड, नाफामा ११४ प्रतिशतको सुधार

काठमाडौं । साहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यस कम्पनीले ४२ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । साहसको विद्युत बिक्रीबाट हुने आम्दानी २ अर्ब ४४ […]

नाइमा नेपाल मोबिलिटी एक्स्पोको समय थप, सोमबार सम्म सञ्चालन हुने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा ५ दिनसम्म सञ्चालन गर्ने भनिएता पनि अबलोकनकर्ताको चाप बढेपछि १ दिन थप गरेको छ । एक्स्पोमा सुरुवात देखिनै सवारीसाधनहरु अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ्ग गर्ने, साथै खरिद गर्नेहरुको घुइचो रहेकोले एक्पोको समय १ दिन थप गरिएको  आयोजकले बताएका छन्  […]

नागरिक लगानी कोषको नाफा १ अर्ब २५ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७० प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो । कोषको खुद ब्याज आम्दानी ४४ करोड २५ […]

विष्णु भण्डारीको काला पोखरा बोलको तीज गीत बजारमा

काठमाडौं । गितकार विष्णु भण्डारीले यो वर्षको तीज पर्व  नजिकिएसँगै आफ्नो भनेको आफ्नोपन काला पोखरा बोलको तीज गीत नेपालको सांगितिक  बजारमा ल्याएका छन् । भण्डारीले बजारमा ल्याएको  यो तिज गितमा शब्द: राधिका पन्तको रहेको छ भने संगीत स्वयम विष्णु भण्डारीको रहेको छ । गीतमा स्वर गायिका सीमा नेपालीले स्वर दिएकी छन्  । संगीत संयोजन  महेन्द्र […]