घरजग्गा कारोबार बढ्यो ,राजस्व संकलन साढे ४ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को बैशाख महिनामा घरजग्गा कारोबार वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा घरजग्गाको कारोबार, कित्ताकाट र त्यसबाट संकलन हुने राजस्वमा समेत वृद्धि भएको हो । चालु आवको १० महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ५४ करोड २२ लाख ९६ हजार […]

उच्च अंकले नेप्से बढ्दा पनि कारोबार रकम बढ्न सकेन

काठमाडौं । गत साता देखि निरन्तर घटेको शेयर बजार साताको सोमबार र मंगलबार बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ८.६८ अंकले बढेर ४५१.०१ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ३.८९ अंकले र […]

भूमी विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)की सांसद विमला सुवेदीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक फिर्ता लिन सरकारसँग आग्रह गरेकी छन् । मंगलबार प्रतिनिधि सभामा भूमी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उनले अध्यादेशका रुपमा आउँदा नै विवादित विधेयक फेरि संसदमा ल्याउनुले सरकार विचौलियाको स्वार्थमा दृढ संकल्पित छ भन्नेकुरा पुनः […]

विश्व पौडेल गभर्नर बन्ने सम्भावना

काठमाडौं । डा. विश्व पौडेल गभर्नर बन्ने लगभग निश्चित भएको छ । राष्ट्र बैंकको रिक्त गभर्नरमा मंगलबार साँझको मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त गर्ने सम्भावना रहेको छ । समितिले विश्व पौडेलसहित डेपुटी निलम ढुंगाना तिम्सिना र डा. अंगराज तिमिल्सना सिफारिस गर्दैछ । गर्भनरको दाबेदारको रुपमा पौडेल रहेका कांग्रेसका एक उच्च नेताले बताए । त्यसअघि गभर्नरको उम्मेदवार […]

अर्थमन्त्रीले डाके गर्भनर सिफारिस समितिको बैठक

काठमाडौं । अन्तत: अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। शीर्ष तहका नेताहरूसँगको भेटघाटपछि समितिको बैठक बोलाइएको हो। मंगलबार अपरान्ह बैकठ बस्ने भएको हो। सिफारिस समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच लामो समयदेखि गभर्नर नियुक्तिलाई लिएर रस्साकस्सी भइरहेको थियो। […]

अर्बिट इनर्जीले आईपीओ निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति

काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ ल्याउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा अर्बिट इनर्जीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

विश्व पौडेललाई गभर्नर नबनाउन दायर रिट दरपिठविरुद्धको निवेदन मल्लको इजलासमा

काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित सर्वोच्च अदालत पुगेको रिट दरपिठविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले इजलासमा निवेदन पेस गरेका छन् । उक्त निवेदनमाथि आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुँदैछ । पौडेललाई गभर्नर नबनाउन मागसहितको रिट सर्वोच्च अदालत पुगेकामा प्रशासनले गत शुक्रबार दरपिठ गरिदिएको थियो । दरपिठको निर्णय बदर […]

नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ। आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३.५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९०.८७ किमी सडक कालोपत्र भएको छ। समग्रमा कुल भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ। पुलहरूले ओगटेको क्षेत्रबाहेक एक सय १०.४६ किमी कालोपत्र गर्नुपर्ने छ। पुलले […]

पार्टीका साहु-महाजन जोगाउन पीडितमाथि राजनीति नगरौं : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले मिटरव्याजपीडितको समस्या राज्यले गिजोलिरहेको आरोप लगाएकी छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले आयोगमाथि आयोग थपिएको बताइन् । उनले पीडितले भेट्न जाँदा सिंहदरबारमा ‘नो इन्ट्री’ भनिएको टिप्पणी गरिन्। ‘आफ्नो पार्टीको साहु तथा महाजन जोगाउन पीडितमाथि राजनीति नगरौँ । मिटरव्याजमा गृहमन्त्री, मन्त्री, सांसद, नेताको भाग छ भन्ने शंका हुने […]

नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ७८ रनले पराजित भएको छ। थाइल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो। नेपालकी कविता कुँवरले सबैभन्दा धेरै २४ रन बनाइन् । थाइल्याण्डकी ओनिचा कम्चोम्फुले ह्याट्रिकसहित ४ विकेट […]