बुधबारसम्म मुलुकका ६ नदीमा बाढीको जोखिम

काठमाडौं । बुधबारसम्म मुलुकका ६ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ । विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि […]

स्वरोजगार लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ लाख ३२ हजार ४२१.१० कित्ता सेयर सूचीकृत भएको छ । यस संस्थाले सेयरधनीलाई वितरण गरेको १३.५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

अब ईम्बोस्ड नम्बर अनिवार्य

काठमाडौं । सवारी साधनमा अब ईम्बोस्ड नम्बर अनिवार्य जडान गर्नु पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । मंगलबार सम्पन्न बैठकले असोज १ गते देखि अनिवार्य रुपमा ईम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार […]

‘नाडा अटो शो २०२५‘ भदौ ३ गतेदेखि, पहिलो पटक ‘फ्लाइङ‘ कार  राखिने

काठमाडौं । ‘नाडा अटो शो २०२५‘ मा   पहिलो पटक फ्लाइङ कार  राखिने भएको छ । मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ‘नाडा अटो सो २०२५‘ कार्यक्रमको बारेमा जानकारी गराइएको छ । यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा नाडा अटो सो कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा विद्युतीय सवारी साधनका साथै फ्लाइङ कार राखिने […]

उपकार र गणपति लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । उपकार लघुवित्त र गणपति लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये उपकारले १२ महिनामा ३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यो कम्पनी घाटामा थियो । संस्थाको खुद ब्याज आम्दानी १३ करोड २९ लाखबाट बढेर १५ करोड ५३ लाख पुगेको छ । यता, प्रोभिजन […]

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब माथि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत धेरै हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९८ करोडबाट […]

निजामती सेवासम्बन्धी विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’ मा छलछाम : संसदीय विशेष समितिले सर्वसम्मतिले प्रतिवेदन पास

काठमाडौं ।संघीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएको विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले प्रतिवेदन पास गरेको छ ।  संसदीय विशेष समितिले निरन्तर २९ दिनसम्म ३७ वटा बैठक बसि छानबीन गरेको थियो  यसैको निरन्तरतामा समितिले  रातभर छलफल  गरेर मंगलबार बिहान करिब साढे ४ बजे प्रतिवेदनमा समितिका सबै सदस्यले हस्ताक्षर गरेका हुन् […]

१ वर्षमा १५ प्रतिशतले बढे केवल इन्टरनेट प्रयोगकर्ता, छोटो समयमा यसरी वृद्धि आउनुको कारण के ?

काठमाडौं । पछिल्लो १ वर्षमा इन्टरनेट सेवाप्रदायक (आइएसपी)का ग्राहकसंख्यामा उच्च वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा आइएसपीका ग्राहकसंख्या ३२ लाख ४८ हजार ६७४ (फिक्स ब्रोड ब्यान्ड) पुगेको छ । अघिल्लो वर्षको असारमा उक्त संख्या २८ लाख १७ हजार थिए । यो विभिन्न इन्टरनेट सेवाप्रदायक (आइएसपी)हरुले प्रदान गरेको वायरलेस, एडिएसएल, फाइबरसहितको तथ्यांक हो । नेपाल […]

नेपाल बैंकका कर्मचारी र ग्राहकले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर विशेष छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौंको नयाँ बानेश्वर स्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले प्रदान गर्ने स्वास्थ्य सेवा शुल्कमा विशेष छुट प्राप्त गर्ने नभएका छन् । यस बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा र औषधि खरिदमा लाग्ने शुल्कहरूमा ७ प्रतिशत देखि […]

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उतीर्ण

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । उक्त नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिनेछ ।