आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन […]

इजरायली आक्रमणपछि भारतद्वारा इरानमा रहेका विद्यार्थी स्थानान्तरण

काठमाडौं । इजरायलले इरानमा आक्रमण गरेपछि इरानमा रहेका भारतीय विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानातरण गरिएको जनाइएको छ । गत शुक्रबार इजरायलको इरान विरुद्ध पहिलो आक्रमणपछि तेहरानले इजरायल विरुद्ध आक्रमण गरेर प्रतिक्रिया दिइरहेको छ । यसले द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुनसक्ने विश्वव्यापी आकलन बढाएको छ । दुवै देशसँग सम्बन्धमा रहेको भारतले तेहरानले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि […]

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर

काठमाडौं । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा अब्बल दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ । यो निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तगर्त दिपलको प्रिमियम इभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन । यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले […]

सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड रिर्सोटबीच बीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित द सोल्टी होटल एण्ड रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले द सोल्टी होटल एण्ड रिर्सोटको सम्पूर्ण आउटलेटमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यो […]

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

काठमाडौं । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन्२०२५को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (NEV) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेकोछ।कम्पनीले उक्त महिना ३१,४८८वटा NEV बिक्री गर्‍यो, जुन अघिल्लो वर्षकोसोही अवधिको तुलनामा १२.९९% ले बढी हो र यसले चुनौतिपूर्ण प्रथम त्रैमासिक पश्चात्मजबुत पुनरागमनको संकेत गर्दछ। चोंगकिंगलियाङजियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल […]

आवश्यकतानुसारको र दिगो पूर्वाधार विकासमा सांसदहरुको जोड

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले नीति निर्माताहरुको काम कारबाही चुनाव केन्द्रीत हुँदा पूर्वाधार आयोजनामा समस्या देखिएको बताएका छन् । पूर्वाधार विकास समितिको आयोजना र नेपाल पूर्वाधार पत्रकार समाजको सहकार्यमा राजधानीमा आयोजित नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति सिंहले सांसदहरु आयोजना पार्न र चुनाव जित्नमा केन्द्रित भइरहेको […]

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

काठमाडौं । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा रहेका चुनौती र सम्भावनाहरूको समीक्षा गर्न बिर्तामोड, झापामा सोमबारदेखि उप–क्षेत्र स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ । “पूर्वी दक्षिण एसियामा व्यापार र यातायात सञ्जालः चुनौतीहरू र आगामी कार्यदिशा“ शीर्षकमा आयोजित कार्यशाला एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग यूएनइस्क्याप (UNESCAP) […]

अर्थमन्त्रीसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेटगरी आउदो भदौ ३ गते देखि ८ गतेसम्म काठमाडौंको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेका छन् । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले […]

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक तथा काङ हाइड्रोपावर कम्पनीबीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्गको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् […]

विकास बैंकहरुको नाफा ३ अर्ब ५९ करोड, सबैभन्दा बढी नाफा कमाउने मुक्तिनाथ विकास बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहहरुको खुद नाफा घटेको बताएको छ । राष्ट्र बैंकका अनुसार विकास बैंकहरुको चालु आर्थिक वर्षको वैशाखमसान्तसम्म अर्थात १० महिनाको अवधिमा नाफा ३ अर्ब ५९ करोड ११ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६.९० प्रतिशत अर्थात् २६ करोड ६५ लाख रुपैयाँले कम नाफा […]