अक्टोबरमा १ लाख २४ हजार पर्यटक भित्रिए

काठमाडौं । अक्टोबर महिनामा एक लाख २४ हजार ३९३ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै एक लाख ४ हजार ६८२ जना पर्यटक बाहिरिएका छन् । २०२३ को तुलनामा ६.०४ प्रतिशतले पर्यटक बढेका हुन् । २०२३ को अक्टोबर महिनामा एक लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को अक्टोबरपछि पर्यटकको आगमन […]

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धकमा पाण्डेय नियुक्त

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय नियुक्त भएका छन् । बैंकको मुख्य व्यवस्थापक पाण्डेय कात्तिक १५ गतेदेखि नै लागु हुने गरी सहायक महाप्रबन्धक नियुक्त भएको सीईओ प्रकाश पौडेलले जनाएका छन् । लामो समयदेखि बैंकिङ क्षेत्रमा रहेको पाण्डेय सीए हुन् ।

सरकारी कार्यालय समय ४ बजेसम्म

काठमाडौं । आज (मंगलबार)देखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । कात्तिक १६गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । कार्तिक १६ गतेदेखि कात्तिक १९ गतेसम्म सार्वजनिक बिदा परेकाले कात्तिक २० गतेदेखि सरकारी कार्यालयसम्म ४ बजेसम्म मात्र खुल्ला रहनेछ । तीन महिना […]

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. आचार्य सिफारिस

काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यलाई सिफारिस गरिएको छ। आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ । यसअनुसार प्रमुख आयुक्तमा डा. आचार्य र आयुक्तमा प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष गगन विष्ट र प्रेस […]

समता घरेलु लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज मंगलबार (कात्तिक २० गते) अन्तिम दिन हो । लघुवित्त वित्तीयको एफपीओमा आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ । लघुवित्तले कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय […]

तिहार पछि घट्यो सुनको मूल्य

काठमाडौं । हालसम्मकै महँगो भएको सुनको सुन मूल्य घटेको छ । दशैं पछि लगातार उकालो लागेको सुनको मूल्य तिहार पछि भने घटेको छ । लक्ष्मी पुजा (बिहीबार) सुन प्रति तोला एक लाख ७१ हजार रुपैयाँमा पुगेको थियो । आज मंगलबार सुनको मूल्य २ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल […]

रबि लामिछानेलाई अदालत लगिदै, म्याद थप गर्ने प्रहरीको तयारी

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका पुर्व गृह मन्त्री तथा रास्वपा सभापति  रवि लामिछानेलाई आज तेस्रो पटक अदालतमा उपस्थित गराईदैछ । गत कार्तिक ३ गते पक्राउ परेका उनलाई सोही रात अनुसन्धानको लागि पोखरा पुर्याईएको थियो । गत आइतबारबाट अनुसन्धानका लागि भन्दै ६ दिन म्याद थपिएको दोस्रो पटक ७ दिन म्याद थपिएको मा तिहार दिदा भएकोले […]

के हो आन्तरिक ऋण ? किन जारी गरिन्छ ?

काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने उपकरणलाई सरकारी ऋणपत्र भनिन्छ। नेपाल राष्ट्र बैंकका अनुसार हाल नेपाल सरकारले आन्तरिक ऋण परिचालन गर्न ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र गरी ४ प्रकारका उपकरण प्रयोगमा ल्याएको छ । यी उपकरणमध्ये ट्रेजरी विल्स र विकास ऋणपत्रमार्फत बैंक तथा वित्तीय संस्था, अन्य संगठित संस्था […]

आज अमेरिकी राष्ट्रपतिको निर्वाचन कसले मार्ला बाजी ?

काठमाडौं । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा रहेका छन् । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस […]

देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव,उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।   देशभर आंशिक देखि साधारणतया बदली  रहि देशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसोː  कोशी प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम […]