बैंकिङ प्रणालीमा ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। राष्ट्र बैंकले बजारमा अधिक तरलता भएसँगै पुस १४ गते ७० अर्ब रुपैयाँ उठाउन लागेको हो । २१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको ७० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले माघ ६ गते फिर्ता पाउनेछन् । […]

