जाडोमा सुन्तलको व्यापार : म्याग्दीको दोसल्ले गाउँबाट १ करोड ५० लाख बढीको विक्री

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला विक्री गरेका छन् । तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला विक्री गरेका थिए । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उनले बताए । दोसल्लेमा विगत करीब १३ […]

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गरिएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदनमाथि छलफल गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको अध्यक्षतामा गठन गरिएको कार्यदलले सरकारलाई विभिन्न बुँदामा सुझाव दिएको छ । कार्यदलले स्वास्थ्य […]

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ । निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार सात सय ३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं संरक्षण […]

शिवम् सिमेन्ट्सको नवौं वार्षिक साधारण सभा पुस २९ मा, नगद लाभांश र बोनस शेयरको प्रस्ताव लैजादै

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । कम्पनीले आफनो नवौं वार्षिक साधारण सभा पुस २९ गते बिहान ९ बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौं गर्ने भएको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालनक समितिको एक सय तेतिसौं बैठकले उक्त निर्णय गरेको हो । साधारण […]

हेटौँडा औद्योगिक क्षेत्रमा एक सय २७ वटा उद्योग सञ्चालनमा

काठमाडौं । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक एक सय २७ वटा विभिन्न प्रकारका उद्योगहरू सञ्चालन भइरहेका छन् । तीमध्ये स्वदेशी उद्योगहरू मात्रै होइनन् बहुराष्ट्रिय कम्पनीसमेत रहेका छन् । यहाँ हेटौँडा औद्योगिक क्षेत्र सञ्चालनमा छ । उक्त क्षेत्रमा स्थापना भएका प्रमुख उद्योगहरूमध्ये खाद्य उद्योग प्रालि, युनाइटेड ब्रुअरी प्रालि, नेपाल बिस्कुट कम्पनी, नेपाल साबुन उद्योग, पशुको आहार […]

इन्फिनिटी लघुवित्तले लाभांश नदिने

काठमाडौं ।इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । बुधबार बेलका बसेको सञ्चालक समितिको ११० औं बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०७९/८० पनि लाभांश वितरण गरेको थिएन । बैठकले आर्थिक वर्ष २०८०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका […]

कृषि विकास बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा कायम रहेको साधारण चुक्ता पुँजीको ३ प्रतिशतले बोनस शेयर र ७ दशमलव ५३ प्रतिशतले हुने नगद लाभांश वितरण गर्न लागेको हो । बिहीबार बिहान बसेको बैंकको सञ्चालक समितिको ११३७ औं बैठकले वितरणयोग्य सञ्चित मनुाफाबाट लाभांश वितरणको निर्णय […]

ईसेवा मनी ट्रान्सफरद्वारा बाजुराको श्री पार्वती माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र ल्यापटप सहयोग

काठमाडौं । ईसेवा मनि ट्रान्सफरले डिजिटल साक्षरताका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एक कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले कम्पनीका प्रतिनिधिहरू र विद्यालयका कार्यकारीहरू व्यक्तिहरूको उपस्थितिमा शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरेका हुन् । शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। […]

एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा क्युआर लोन तथा पर्यटन उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता आयोजना

काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी)सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । एनएमबि क्युआर लोनको जानकारी लगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू […]

विजय लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं ।विजय लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । बिहीबार बिहान ८ बजे बसेको सञ्चालन समितिले उक्त निर्णय गरेको हो । गत वर्ष पनि लघुवित्तले लाभांश वितरण गरेको थिएन । अघि आर्थिक वर्ष ०७८/७९ मा कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव […]