अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

काठमाडौं । नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिनसक्ने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहनेगरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । उनले यस सेवाबाट देशभरका नागरिक लाभान्वित […]

एनपीएल: सुदूरपश्चिमले कर्णालीलाई हरायो, प्लेअफको समीकरण पूरा

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिएको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान ३८/३८ […]

नेपालमा साइबर सुरक्षाको अभावले वित्तीय क्षेत्र उच्च जोखिममा: विज्ञहरू

काठमाडौं ।  नेपालका वित्त क्षेत्र साइबर आक्रमणको बढी जोखिममा रहेको सरोकारवालाले बताएका छन्। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज् (नासआइटी) र प्रविधि पत्रकार मञ्च (टीजेएफ)को सहकार्य तथा लगपोइन्टको व्यवस्थापनमा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी विज्ञले यस्तो बताएका हुन् । प्रशिक्षण कार्यक्रममा साइबर सुरक्षामा काम गर्ने कम्पनी लगपोइन्टका प्रमुख सुरक्षा सूचना अधिकारी रोशन पोख्रेलले प्रविधिको […]

शिवम सिमेन्ट्सले लाभांश वितरण गर्ने

काठमाडौं । शिवम सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष ०८०/८१ सम्ममको मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ । बिहीबार सञ्चालन समितिको १३३ औं बैठकले बोनस शेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले चुक्ता पुँजीको ८ दशमलव ५५ प्रतिशतका दरले हुन आउने ४२ करोड ९८ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको बोनस शेयर […]

राष्ट्र बैंकको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागको सेवा थापाथलीबाट सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सञ्चालन भइरहेका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अब थापाथलीस्थित नवनिर्मित भवनबाट सञ्चालित हुन थालेको छ । राष्ट्र बैंकले मंसिर २५ गते सूचना जारी गर्दै बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागले पुस १ गतेदेखि थापाथलीस्थित नयाँ भवनबाट सम्पूर्ण सेवा सञ्चालन गर्ने जानकारी दिएको थियो । उक्त सूचनामा लेखिएको […]

महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष ०८०/८१ सम्मको मुनाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको ६१० औं बैठकले आर्थिक वर्ष ०८०८१ को मुनाफा रकमबाट उक्त लाभांश वितरण गर्न लागेको हो । बैंकले चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने १६ करोड ६८ लाख ५२ हजार ७४४ रुपैयाँ र […]

मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को सम्मको मुनाफाबाट नगद लाभांश र बोनस शेयर वितरण नगर्ने भएको छ । संस्थाको मंसिर २९ गते दिउसो १ बजे बसेको सञ्चालन समितिको ४३७ औं बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत […]

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत […]

सुन चार सयले बढ्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । छापावाल सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रति तोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार रुपैयाँमा कारोबार […]

शिवम् सिमेन्टको लाभांश घोषणा

काठमाडौं । शिवम् सिमेन्टले आर्थिक बर्ष २०८०\८१ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २९ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनी अनुसार आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश गरि कुल ९ प्रतिशत लाभांश वितरण […]