असार अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । असार महिनाको अन्तिम दिन बुधबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । जुन मंगलबारको तुलनामा १३०० रुपैयाँले कम हो । यसअघि, मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम रहेको थियो […]

