सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुन चारसय रुपैयाँले बढेको छ । […]

