शक्तिखोर औधोगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औधगिक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा उनले सो कुरा बताएका हुन्  । चितवनको कालिका नगरपालिकामा […]

२० अर्ब ७१ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २८ दिनको लागि ५ अर्ब, ९१ दिनको लागि १० अर्ब ११ करोड २५ लाख, १८२ दिनको लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले जारी गर्ने […]

सर्वोत्तम सिमेन्टको शेयर मुल्यमा निरन्तर चौथो दिन सकारात्मक सर्किट

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा लगायातर चौथो दिन सकारात्मक सर्किट लागेको छ । आज पनि शेयर कारोबार सुरु भएको २ मिनेटमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सर्वोत्तम सिमेन्टको शेयर कारोबार चैत्र ६ गतेबाट सुचारु भएको हो ।  SARBTM सिम्बलबाट कारोबार भएको कम्पनिको कारोबारको चौथो दिन निरन्तर सकारात्मक सर्किट लागेको हो  । नेप्सेले कम्पनीको पहिलो […]

किमाथाङ्का–खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : पूर्वाधारमन्त्री महासेठ

काठमाडौं ।  उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन् । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवमा उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका लागि बजेट अभाव नभएको उल्लेख गरेका हुन् । कार्यक्रममा रक्षामन्त्री हरि उप्रेतीले किमाथाङ्का नाका चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री महासेठ र मन्त्री […]

सुनको मुल्यमा सामान्य बृदी कतिमा हुँदैछ कारोबार

काठमाडौं । आज सुन र चाँदी दुबैको मूल्य बढेको छ। सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो भने चाँदीको १५ रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन भने प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ […]

प्रि ओपनमा नेप्से परिसूचक २ अंकले बढ्यो

काठमाडौं । आज साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको हो । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १५.३७ अंक घटेर २०४८.५७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.११ अंक बढेर २०५०.६८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। सोमबार प्रि ओपन सेसनमा […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १३ गते बुकक्लोज गर्दैछ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले […]

आज मेघगर्जन /चट्याङ्ग सहित बर्षा हुनसक्ने

काठमाडौं ।  मौसम पुर्वाअनुमान बिभागका अनुसार हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको  परेको छ ।  आज देशभर देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत […]

गुजराँत टाइटल्स्ले मुम्मई इन्डियन्सलाई दियो १६८ रनको टार्गेट

काठमाडौं । जारी  इण्डियन प्रमियर लिग ( आईपिएल) मा मुम्मई इन्डियन्स र गुजराँत टाइटल्स्  बीचको खेलमा टस  हारेर  ब्याटिङ गरेको  गुजराँत टाइटन्सले  ६ वीकेटको क्षेतिमा १६८ रनको टार्गेट दिएको छ । गुजराँत टाइटन्सका रिद्दीमन साहले जस्प्रित बुम्राको बलमा  १९ रन बनाउदै आउट भए त्यसैगरी सुब्मन गिलले ३१ रन बनाएका थिए भने साइ शुदर्सनले ३९ बलमा […]

इलाम २ मा नेकपा एमालेले बनायो सुहाङ नेम्बाङलाई उमेद्वार

काठमाडौं । नेकपा (एमाले)को ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको बैठकले  इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सचिवालय बैठकले उनलाई उम्मेद्वार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ईलाम २ मा  संबिधानसभा अध्यक्ष एमाले उपाध्यक्ष सुवास नेम्बाङको मृत्यु पछि उपचुनाब हुन लागेको हो । […]