विश्व व्यापारमा नयाँ शक्ति सन्तुलन, इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असन्सियन (पाराग्वे)। युरोपेली सङ्घ (इयु) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले शनिबार औपचारिक रूपमा बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । विश्वभर बढ्दो संरक्षणवाद र व्यापारिक तनावको पृष्ठभूमिमा सम्पन्न यो सम्झौतालाई दुवै पक्षले आर्थिक तथा भूराजनीतिक रूपमा ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन् । पाराग्वेको राजधानी असुन्सिओनमा सम्पन्न हस्ताक्षर समारोहले एक चौथाइ शताब्दीभन्दा लामो, जटिल र […]

भेटायोले ल्यायो यो जाडोमा गिजर मर्मत तथा जडान सेवा

काठमाडौं । नेपालको अग्रणी अन-डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले यो जाडो मौसमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल गिजर मर्मत, जडान सेवा सुरु गरेको छ। यो सेवा मात्र रु. १००० बाट सुरु हुन्छ र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिन्छ। किन चाहिन्छ नियमित गिजर सेवा? जाडो सुरु हुनासाथ काठमाडौंमा गिजर […]

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै, मन्त्रीहरू पनि सहभागी हुने

काठमाडौं । पदाधिकारीहरूबीच छलफल हुने भएको छ। सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार ४ बजे दुई पक्षबीच छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए। बैठकमा मन्त्रीहरूको पनि सहभागिता रहने उनले बताए। बैठकमा निर्वाचन आचारसंहिताका विषयमा छलफल हुने बताइएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रधानमन्त्रीसँग निर्वाचन आचारसंहिताका विषयमा छलफल हुने बताए।

रास्वपा कार्यालय पुगेर बालेनले गरे वरिष्ठ नेताको पदभार ग्रहण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् । रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् ।   घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे ।

भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले भोलि (माघ ५ गते) देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगको आज बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको अघिल्लो दिन आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम रहेको छ। आचारसंहिताले प्रचार प्रसार, उम्मेदवारले गर्ने […]

काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । महानगरका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएलगत्तै डंगोलले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने व्यवस्था छ । सोही ऐनबमोजिम सुनिता कार्यवाहक बनेकी हुन् ।  

देश जलाउने लुसिफरहरु, दलालहरू हामीले चिनिसक्यौ, चुनावमार्फत् हिसाबकिताब हुन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गत भदौ २४ गते सिंहदरबारसहित राष्ट्रका धरोहर जलाउनेहरूको हिसाबकिताब र खोजीनिती हुने बताएका छन् । आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश कमिटीले प्रदर्शनपछि आयोजना गरेको सभालाई सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो बताएका हुन् । ‘देश जलाउने लुसिफरहरु, दलालहरू हामीले चिनिसक्यौ’, बस्नेतले भने, ‘अब यसको हिसाबकिताब चुनावमार्फत हुन्छ ।’ नेता […]

कम खर्चमा निर्वाचन सम्पन्न गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार निर्वाचन आयोगका पदाधिकारीसँग भएको छलफलमा उनले कमभन्दा कम खर्चमा प्रभावकारी रूपमा चुनाव गरिनुपर्ने बताएका हुन्। अर्थमन्त्री खनालले निर्वाचन सफल बनाउन आवश्यक स्रोत–साधन जुटाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै, निर्वाचन तयारीमा अहोरात्र खटिएका आयोगका पदाधिकारी तथा कर्मचारीको प्रशंसा गरे। उनका अनुसार […]

बालेनले दिए पदबाट राजीनामा

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले आज महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् । उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । मेयर […]

 सोमबार सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक बिदाको दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालन हुने बताएको छ । राष्ट्र बैंकले सोमबार सोनम ल्होसारको सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सञ्चालन हुने बताएको हो । राष्ट्र बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार सोमबार बिहान १० […]