शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ’
नयाँदिल्ली । बङ्गलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिएकी छन् । उनले एएफपीलाई पठाएको लिखित प्रतिक्रियामा, आफ्नो पतनपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै मानवता विरुद्धको अपराधको मुद्दालाई ‘न्यायशास्त्रको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ भन्दै कडा आलोचना गरिन् । सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको […]

