बीपी राजमार्ग : थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन राति सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ः०० देखि बिहान […]

५७ प्रतिशतले कमी आउँदा पनि नेपाल टेलिकमको नाफा २ अर्ब ६६ करोड बढी

काठमाडौं । नेपाल टेलिकमको नाफामा भारी गिरावटा आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ६६ करोड ८१ लाख नाफा गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको मुनाफा ३ अर्ब ५६ करोड अर्थात् ५७.२१ प्रतिशतले कमी आएको हो । गत आवको यसै अवधिमा ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको […]

आज श्रीकृष्ण जन्माष्टमी,भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाइँदै

काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। […]

दुई वटा म्युअुचल फण्डले घोषणा गर्यो लाभांश

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकद्वारा संचालित दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । आरबिबि म्युचअल फण्ड १ र आरबिबि म्युचअल फण्ड २ ले क्रमश २० प्रतिशत र १३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । गत आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका हुन् । दुवै फण्डले कर सहितको नगद लाभांश प्रस्ताव गरेका हुन् ।

ओरियन्टल होटल्सको नाफामा ७६ प्रतिशतको गिरावट

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडको पछिल्लो वित्तीय प्रतिवेदनले नाफामा ठूलो गिरावट आएको देखाएको छ, जसले लगानीकर्ताहरूलाई अचम्ममा पारेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले जम्मा २ करोड ९५ लाख खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ७६ प्रतिशतले कम हो । अघिल्लो आवमा होटल्सको खुद नाफा १२ करोड ३९ लाख रहेको थियो । […]

मनसुनको अबस्था कमजोर कोशी र सुदूरपश्चिम प्रदेशका केहि भु-भागमामा बर्षा हुने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको […]

यस्तो छ आजको लागि बिदेशी मुद्राको बिनिमयदर

काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ७९ पैसा बिक्रि दर १ सय ४० रुपैँया ३९ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ६३ रुपैँया ३९ पैसा बिक्रि दर १ […]

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ सार्वजनिक

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । यसका साथै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिको रूपमा उपस्थित उदघाटन समारोहमा […]

गण्डकी र लुम्बिनी प्रदेशको ‘सूचना महामार्ग’ परियोजना नेपाल टेलिकमलाई

काठमाडौं । ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अघि सारिएको ‘सूचना महामार्ग’ परियोजनाको दोस्रो प्याकेज (गण्डकी र लुम्बिनी प्रदेश) निर्माणको ठेक्का नेपाल टेलिकमले पाएको छ। शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी र नेपाल टेलिकमकी निमित्त प्रबन्धनिर्देशक सविना मस्के प्रधानबीच सम्झौतापत्र आदानप्रदान भएको हो। परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल टेलिकमले मूल्यअभिवृद्धि कर (भ्याट) बाहेक एक […]

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको  छ।  निगमले भोलि ३१ साउन २०८२, १ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको र  डिजेल र मट्टितेलको मूल्य घटाएको   हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ  बढाएको छ भने र डिजेल तथा मट्टीतेलमा  प्रतिलिटर १  रूपैयाँ घटाएको छ । […]