नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्यायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्याएको छ । बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै  यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ किलोग्राम कायम गरिएको छ । यसअघि आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोग्राम थियो ।

सीटीईभीटीका उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा ४ मंसिरमा हुने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सीटिईभीटी)ले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा मंसिर ४ गते पुनः परीक्षा गर्ने निर्णय गरेको छ। परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरी डिप्लोमा, प्रमाणपत्र र प्रिडिप्लोमा तहका परीक्षा मंसिर ४ गते जनाएको हो। जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेको परिषद्ले जनाएको छ।  उनले कोसी प्रदेशको […]

सुनको मूल्य ४२ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघकाअनुसार सुन  शुक्रबार तोलामा २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरेको छ । बिहीबार सुन तोलाको २ लख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी यस दिन चाँदीको मूल्यमा ६० रुपैयाँले बढेको छ । […]

फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । फिलिपिन्सको दक्षिणी भागमा शुक्रबार बिहान समुद्रभित्र ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ। भूकम्पको केन्द्र मिन्दानाओ टापु नजिक दावाओ ओरिएन्टल क्षेत्रमा रहेको बताइएको छ। फिलिपिन्सको भूवैज्ञानिक संस्था (Phivolcs) ले भूकम्पपछि तटीय क्षेत्रहरूमा सुनामी आउने सम्भावना भएको भन्दै चेतावनी जारी गरेको छ। उनीहरूका अनुसार समुद्रको सतहबाट १ देखि ३ मिटर उचाइका छाल आउन सक्ने जोखिम छ। […]

७ वर्षमा करिब ३ खर्बको मोबाइल आयात, किन छैन आन्तिरक उत्पादनमा चासो ?

काठमाडौं । मुलुकमा उत्पादनको सम्भावन रहँदा पनि वेवास्ताको सिकार भएको कारण मोबाइल आयात हरेक वर्ष बढ्दो छ । मोबाइल आयात बढ्दै जाँदा स्वदेशी मुद्रा भने ठूलो मात्रामा बाहिरिएको छ । सरकारी तथ्यांक अनुरुप पछिल्लो सात वर्षमा २ खर्ब ९० करोड मूल्य बराबरको २ करोड २२ लाख वटा मोबाइल आयात भएको छ । सो मूल्य बराबर […]

सुनको मूल्य प्रतिऔंस ४९ सय डलरसम्म पुग्ने प्रक्षेपण, यस्तो भए नेपाली बजारमा भाउ कति पुग्ला ?

काठमाडौं । विश्व बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ४६ डलरमा (यो समाचार तयार पार्दै गर्दा, ३ः४० बजे) कारोबार हुँदैछ । यो हालसम्मकै उच्च मूल्य हो । विश्व बजारसँगै नेपालमा पनि सुनको भाउ बढेको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेको छ । सुनको मूल्य विश्व बजारमा दैनिक […]

सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १०.५३ प्रतिशत लाभाश घोषणा गरेको छ । यस बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि सेयरधनीलाई प्रतिफल वितरण हुनेछ ।  

सूचीकृत १२ हाइड्रोपावरको उत्पादन बन्द हुँदा १२३ मेगावाट विद्युत आपूर्तिमा असर, १२ वटै कम्पनीको सेयर मूल्यमा भारी गिरावट

काठमाडौं । सूचीकृत १२ वटा हाइड्रोपावर कम्पनीहरुले सञ्चालन गरेको आयोजनाबाट १२३.१६ मेगावाट विद्युत उत्पादन बन्द भएको छ । असोज १७ गतेदेखि १९ गतेसम्म आएको अविरल वर्षाका कारण आयोजनाहरुमा क्षति पुगेको हो । त्यसैले यी कम्पनीहरुले सञ्चालन गरेको आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । यता, माई भ्याली हाइड्रोपावरले सञ्चालन गरेको माई सी क्यासकेड आयोजनाको ५.१ मेवा […]

अख्तियारमा जेन-जीको प्रदर्शन, मागे प्रमुख आयुक्तको राजीनामा

काठमाडौं । जेन-जी युवाहरूले काठमाडौँको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको मुख्य कार्यालय अघि प्रदर्शन गरेका छन्। मंगलबार आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै युवाहरू प्रदर्शन गरेका हुन्। युवाहरूको प्रदर्शनपछि कार्यालयअघि सुरक्षा व्यवस्था कडा गरिएको छ। प्रदर्शनमा उत्रिएका युवाहरूले नैतिकताका आधारमा प्रमुख आयुक्त राईले राजीनामा दिनुपर्ने माग गरेका छन्। यसैबीच राईको राजीनामा माग […]

सूचीकृत सानिमा माईसहित यी ४ हाइड्रोपावर कम्पनीहरुले सञ्चालन गरेको आयोजनाबाट विद्युत उत्पादन बन्द

काठमाडौं । नेप्सेमा सूचीकृत सानिमा माई हाइड्रोपावर, सान्भि इनर्जी, सामलिङ्ग पावर र एशियन हाइड्रोपावर लिमिटेडले सञ्चालन गरेको विद्युत आयोजनमा बाढीका कारण क्षति पुगेको छ । जसकारण यी आयोजनाहरुबाट विद्युत उत्पादत पूर्ण रुपमा बन्द भएको कम्पनीहरुले जनाएका छन् । असोज १८ गते भएको अविरल वर्षाका कारण आयोजनाहरुमा क्षति पुगेको हो । खोलाहरुमा अझै बाढी आउने क्रम […]