काठमाडौं । फिलिपिन्सको दक्षिणी भागमा शुक्रबार बिहान समुद्रभित्र ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ। भूकम्पको केन्द्र मिन्दानाओ टापु नजिक दावाओ ओरिएन्टल क्षेत्रमा रहेको बताइएको छ।
फिलिपिन्सको भूवैज्ञानिक संस्था (Phivolcs) ले भूकम्पपछि तटीय क्षेत्रहरूमा सुनामी आउने सम्भावना भएको भन्दै चेतावनी जारी गरेको छ। उनीहरूका अनुसार समुद्रको सतहबाट १ देखि ३ मिटर उचाइका छाल आउन सक्ने जोखिम छ।
प्यासिफिक सुनामी वार्निङ सेन्टर (PTWC) का अनुसार फिलिपिन्सका साथै इन्डोनेसिया र पालााउ का तटीय क्षेत्रहरूमा पनि स–साना छाल आउन सक्ने सम्भावना रहेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अहिले सम्म ठूलो जनधन क्षतिको रिपोर्ट छैन, तर केही स्थानहरूमा भवनहरूमा क्षति र ५.९ तथा ५.६ म्याग्निच्युडका पराकम्पहरू महसुस भएका छन्।
स्रोत: AP News


