अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न […]

राष्ट्रपति, ‘लोकतन्त्रको संरक्षणका लागि हर प्रयास गर्दैछु’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भनेर आफू हर प्रयासमा रहेको बताएका छन् । उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको नाममा एक लिखित सम्बोधनमार्फत् यस्तो बताएका हुन् ।

काठमाडौँ उपत्यका सहित देशभरको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो । आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छ भने विभिन्न सङ्घ–सङ्गठनहरुले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन् । […]

नेपाल राष्ट्र बैंकले भन्यो, ‘सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गर्नु’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थालाई सीमित कर्मचारीमार्फत आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा निरन्तर उपलब्ध गराउन निर्देशन दिएको छ । ‘यस बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरता (Business Continuity) […]

काठमाडौंमा खुल्न थाले बैंकका शाखा

काठमाडौं । काठमाडौ उपत्यका भित्र  बैंकहरू खुल्न थालेका छन्।  गएको सोमबार जेनजी आन्दोलले उग्र रुप लिए सँगै बन्द भएका बैंकहरू बिहीबारदेखि पुन: सञ्चालनमा आएका आउन थालेका छन् । परिचय पत्रको आधारमा बैंकका कर्चारीलाई आवत जावत गर्न दिइएको छ । काठमाडौ सहित देशभर आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो। बाणिज्य बैङ्कका सीईओहरूको संगठन […]

सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ५०० रुपैयाँले घटेर २ लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सुनको भाउ प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको […]

अन्तरिम नागरिक सरकार, प्रतक्क्ष निर्वाचित कार्यकारीको व्यस्वस्था सहित ६ महिनामा निर्वाचन -जेनजी युवा

काठमाडौं । आन्दोलनकर्ता जेनजी युवा विद्यार्थीले निष्पक्ष, निर्विवादित र सर्वमान्य व्यक्तिको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठन गर्नुपर्ने बताएका छन् । उनीहरुले अन्तरिम नागरिक सरकार, प्रतक्क्ष निर्वाचित कार्यकारीको व्यसवस्था गर्न पनि माग गरेका छन् ।  एक  अपिल जारी गर्दै राज्यको निकायमा भएका वा कुनै पनि तहको जनप्रतिनिधिलाई अन्तरिम नागरिक सरकारमा सहभागी नगराइ स्वतन्त नागरिक सरकार बउाउन […]

राजनीतिक रिक्तताको स्थिति धेरै लम्बिनु हुँदैन – नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र )का बरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक रिक्तताको वर्तमान स्थिति धेरै लम्बिनु हुँदैन भनेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नागरिकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।  उनले भनेका छन्  राजनीतिक परिवर्तन पश्चात सामाजिक आर्थिक रुपान्तरण र समृद्धिको क्षेत्रमा केही न केही सकारात्मक कार्यहरू भएको भएपनि राजनीतिक परिवर्तनमा अन्तर्निहित निर्देश […]

त्रिभुवन विश्व विध्यालयको पढाइ कार्तिक ११ बाट मात्र हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यो शेक्षिक सत्रको कक्षा सञ्चालन आगामी  कात्तिक ११ गतेदेखि मात्रै नियमित हुने  जनाएको छ।  आज बिहान त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको जानकारी दिएको हाे। आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज […]

जेन–जीको भर्चुअल बैठकमा सर्वमान्य नेताको खोजी, सुशीला कार्की चर्चामा

काठमाडौं । जेन–जी समूहले बिहीबार बिहानदेखि भर्चुअल बैठकमार्फत उपयुक्त नेतृत्वको खोजीलाई निरन्तरता दिइरहेको छ। करिब पाँच घण्टादेखि चलिरहेको छलफलमा विभिन्न सम्भावित व्यक्तिहरूको नाम उठाइए पनि अहिलेसम्म सर्वसम्मत निर्णयमा पुगिएको छैन। बैठकमा सहभागी अधिकांशले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सम्भावित प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन्।