RE
Global College

काठमाडौंमा खुल्न थाले बैंकका शाखा

काठमाडौं । काठमाडौ उपत्यका भित्र  बैंकहरू खुल्न थालेका छन्।  गएको सोमबार जेनजी आन्दोलले उग्र रुप लिए सँगै बन्द भएका बैंकहरू बिहीबारदेखि पुन: सञ्चालनमा आएका आउन थालेका छन् । परिचय पत्रको आधारमा बैंकका कर्चारीलाई आवत जावत गर्न दिइएको छ ।

काठमाडौ सहित देशभर आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो।

बाणिज्य बैङ्कका सीईओहरूको संगठन बैंकर्स संघले बिहीबार चार घण्टाका लागि बैंकहरू खुलाउने निणर्य गरेको हो। बिहीबार बिहान १० बजेदेखि सञ्चलनमा आएका बैंक दिउँसो २ बजेसम्म खुला रहनेछन् । संघले अधिकतम तीनवटा शाखासम्म खोल्न भनेको छ।

संघको निर्णय पालाना गर्दै अहिले काठमाडौका बाणिज्य बैंकहरूले आफ्ना शाखा कार्यलयहरूबाट सेवा दिइरहेका छन् भने विकास बैंकहरूले पनि फाट्टफुट्ट रुपमा सेवा दिन थालेका छन्।

यो सँगै अन्य वित्तीय सेवा प्रदायक संस्थाहरूले पनि आजबाट आंशिक रूपमा सेवा सुचारु गरेका छन्।

NECO

Leave Your Comment

Related News