ट्रंकलाइन र डेडिकेटेड लाइनको वक्यौता रकम कानून बमोजिम उठाइन्छ :ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ट्रंकलाइन र डेडिकेटेड लाइनको वक्यौता रकम कानून बमोजिम  उठाउने बताएका छ्न् । दनले मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्  । उनले ट्रङ्कलाइन र डेडीकेटेड लाइनको विद्युत महशुलका विषयमा मन्त्रालयले संसदीय सार्वजनिक लेखा समितिको निष्कर्ष अनुसार आफ्नो धारणा बताए […]

नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण भदौ २७ र २८ गते काठमाडौं हुने

काठमाडौं । नेपाल उद्योग परिसंघले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना, समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै परिसंघले सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेकाछौं । सन् २०१४, २०१७, […]

पोखरा विमानस्थल निर्माणमा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनलाई नेपाल सरकारको अनुरोध

काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका […]

एडिबीले नेपाललाई थप सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग जाकारी दिएका हुन् । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, […]

अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । बिहानैबाट अवरुद्ध भएको राजमार्ग सूचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । बिहानैबाट सडक अवरुद्ध हुँदा सवारी साधान बाटोमा नै रोकिएका छन् । यसअघि मङ्गलबार […]

भोजपुरको आमचोक गाँउपालिकाले गर्यो चौध सय रोपनीमा चियाखेती

काठमाडौं । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो । गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय […]

पुल निर्माणको माग गर्दै जनप्रतिनिधि सहित १० युवा आमरण अनशनमा

काठमाडौं ।  धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीयहरुले सामुहिक आमरण अनशन शुरु गरेका छन् । कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाईमा आन्दोलित स्थानीयहरु जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनशन बसेका हुन् । गत साता मात्रै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई […]

पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण, यो बर्ष सबै स्थानिय तहमा पुग्ने

काठमाडौं । मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा बिजुली पुगेको छ ।  देशभर सात सय ५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) छन् । हालसम्म राष्ट्रिय प्रसारणको विद्युत् १८ स्थानीय तहमा पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका […]

लोकमार्ग निर्माणले खानेपानीमा समस्या

काठमाडौं । कास्कीको मादी गाउँपालिका र पोखरा महानगर खण्डमा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा खानेपानीको मुहान पुरिएको छ । पोखरा महानगरको साबिक लेखनाथ नगरपालिकामा खानेपानी आपूर्ति गर्दै आएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाको मादी–७ को गिउजे खोलाको मुहान पुरिएको हो । गएको हिउँदमा लोकमार्ग निर्माणका क्रममा बाटोमुनि रहेको माटो र आएका दर्जनौँ पहिरा गिउजे खोलामा पुगेपछि मुख्य […]

कोशी प्रदेशमा सडक गुरुयोजना बनाइने

काठमाडौं । कोशी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ । सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकीकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु गरिएको हो । कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रदेशिक सडक र अन्य सडक गरेर करिब ६ हजार किलोमिटरको सडकसञ्जालको गुरु योजना बनाउन तयारी गरिएको […]