मध्यपहाडी लोकमार्गको वैकल्पिक ‘पाखुट्टे—ढाँड’ सडक ‘ग्राभेलिङ’

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ । यहाँको निसीखोला गाउँपालिका–४ झिम्पाखोलादेखि वडा नं ५ ढाँडसम्मको सडक स्तरोन्नति गरिएको हो । विसं २०७३ मा ट्रयाक खुलेको उक्त सडक चालु आर्थिक वर्षमा सङ्घीय सरकार र निसीखोला गाउँपालिकाको रु एक÷एक करोड गरी रु दुई करोडमा स्तरोन्नति गरिएको हो । यस वर्ष चार […]

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

भैरहवा । वर्षौँदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्तको समस्या झेल्दै आएको बुटवल–नारायणगढ सडक खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ । सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन् । निर्माणाधीन सडकका प्रमुख भागमा ढलानको काम लगभग सकिएको र सवारीसाधन सञ्चालनका लागि सडक अवस्था सुधार भएकाले […]

जोर्तीघाटमा झोलुङ्गे पुल निर्माणः तीन जिल्लाका स्थानीयलाई राहत

खोटाङ । दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकैसाथ दुई वटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्ने गरी दूधकोशी र सुनकोशीमा दुई वटा झोलुङ्गे पुल निर्माण गरिएको हो। जोर्तीघाटमा निर्माण गरिएका झोलुङ्गे पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई […]

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

काठमाडौं । मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ । नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ । सो सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ । सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ […]

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । नेपाल सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका […]

काठमाडौं–तराई फास्ट ट्र्याकका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले काठमाडौं–तराई फास्ट ट्र्याकका लागि थप १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त आयोजनाका लागि सो बजेट विनियोजन गरिएको हो । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।  

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पटक म्याद थप हुँदासमेत अझै पूरा हुन सकेको छैन । तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ । आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गर्दै आगामी असार १५ […]

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

बागलुङ । बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको रु ७२ लाख लगातमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ । गण्डकी प्रदेश सरकारको रु ६० लाख […]

कालोपत्रे सडक र सुरुङमार्ग निर्माणमा महत्वपूर्ण उपलब्धी

काठमाडौं ।  भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षहरूमा लगानी विस्तारसँगै सडक सञ्जाल, रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेखनीय प्रगति भएको देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ ले सडक निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा सञ्चार पूर्वाधार विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल भएको देखाएको छ। सर्वेक्षणअनुसार सङ्घीय सरकारबाट निर्मित कालोपत्रे सडकको घनत्व प्रति वर्ग किलोमिटर १३८.७ मिटर […]

नेपाल सरकारले कार्बन बचेर साढे ४ अर्ब प्राप्त गर्यो

काठमाडौं । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न कार्बन व्यापारबाट नेपालले आम्दानी प्राप्त गर्न सुरु गरेको छ । २०८२ फागुनसम्म करिब ३.६ करोड अमेरिकी डलर अर्थात् आजको विनिमय दर अनुरुप ४ अर्ब ५८ करोड ४० लाख रुपैयाँ प्राप्त गरेको छ । उक्त रकम कार्बन व्यापारबाट राजस्व प्राप्त भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । वैकल्पिक वैकल्पिक […]