मधेसका किसानलाई स्यालो ट्युबवेल वितरण गर्दै प्रदेश सरकार

काठमाडौं । मधेस प्रदेश सरकारले सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खा क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा […]

निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण अन्योल, बजेट भाषणमा सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने बताएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । नेपाल एयरलाइन्सको छवटा विमान सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री पाण्डेले आगामी दिनमा सञ्चालनमा व्यवधान नहुनेगरी […]

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौं ।अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए । उक्त खण्डमा आज बिहानदेखि यातयात सञ्चालन ठप्प भएको छ । वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा […]

सञ्चालनमा आयो स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड

काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए। सडक सञ्चालनका लागि सडक विभाग, रसुवागढी र भोटेकोशी जलविद्युत् आयोजनाको डोजर तथा एक्स्काभेटरको सहायताले रसुवागढीसम्मको राजमार्ग खुल्ला गरिएको र हाल हलुका […]

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ वर्ष: ७७ ओटै जिल्लामा राष्ट्रिय सडक सञ्जाल र लक्ष्यभन्दा बढी पिच

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुँजीगत खर्चका दृष्टिकोणले अब्बल देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले वितेका ६ वर्षको तुलनामा सवै भन्दा बढी खर्च खर्च गरेको हो । एक वर्षको अवधिमा भएका कार्यसम्पादन एवम् उपलब्धिहरुबारे जानकारी दिन शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा सो बारेमा जानकारी दिईएको हो । गएको एक वर्षमा हुम्ला […]

स्याफ्रुबेँसी–रसुवा सडकखण्ड नब्बे प्रतिशत खुल्यो

काठमाडौं । स्याफ्रुबेँसी–रसुवागढी खण्डको बिग्रेको राजमार्गको करिब ९० प्रतिशत मर्मत काम सम्पन्न भएको छ । बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फ करिब १४ किलोमिटर सडकमार्गको अधिकांश भाग प्रभावित भएपछि सडक विभागसहित सम्बद्ध अन्य निकायसमेतको सहयोग र सहकार्यमा सडक मर्मतको  कामले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको हो । तिब्बततर्फबाट बग्ने ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीका […]

३५ जनाको ज्यान लिने झ्याप्ले खोलामा पहिरोको जोखिम न्यूनीकरणका प्रयास (फोटो फिचर)

काठमाडौं । २०८१ असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको भीषण पहिरोले नागढुंगा–नौबिसे सडकखण्ड अन्तर्गत झ्याप्ले खोलामा भयावह जनधनको क्षति पुर्याएको थियो । नागढुंगा चेकपोस्टबाट करिब ३ किलोमिटर दूरीमा पर्ने उक्त स्थानमा पहिरोले राजमार्गमा रोकिएका सवारी साधन पुरिँदा ३५ जनाको ज्यान गएको थियो । उक्त घटनामा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० […]

गायक एकोनको वाकान्डा स्ट्याइलको ६ अर्ब डलरको परियोजना रद्द

काठमाडौं । गायक एकोनले सेनेगलमा बनाउने भनेर सपना देखेको भविष्यवादी सहरको योजना रद्द गरिएको छ । यसको सट्टा एकोनले यथार्थपरक परियोजनामा काम गर्ने योजना बनाएको बीबीसील उल्लेख गरेको छ । ‘अब एकोन सिटी परियोजना अस्तित्वमै छैन,’ सेनेगलको पर्यटन विकास निकाय सापको ( सापको) का प्रमुख सेरिन ममाडु मबुपले बताए। सापको र उद्यमी अलिउन बादारा थियम (एकोन) […]

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिदै, २६ वर्षदेखिको प्रतीक्षा पुरा हुँदै

काठमाडौं । कर्णाली प्रदेश अन्तर्गतको हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको छ । चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज निर्माण भएसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको हो । कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका ५ को च्याखोला नदीमा निमार्णिधीन बेलिब्रज आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । योसँगै औपचारिक रुपमा हुम्मा सदरमुकाम सिमकोट राष्ट्रिय सडक […]

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक

काठमाडौं । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो । कार्यालयद्वारा आज जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित […]