बेँसीसहर–चामे सडक अवरुद्ध
काठमाडौं । मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा अवरुद्ध भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ मा आज बिहान पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी नवीन विष्टले भने, “ठूलाठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन् ।” पहिरो […]

