सान्भि इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं ।सान्भि इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियो। […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कर छुट दिएर २ अर्बभन्दा बढीको भ्रष्टाचार

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मानिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा व्यापक अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै सार्वजनिक लेखा समितिको उपसमितिले कारबाहीको सिफारिस गरेको छ। सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएको प्रतिवेदनमा नीतिगत भ्रष्टाचार र गुणस्तरहीन काम भएको भन्दै कारवाहीका लागि सिफारिस गरिएको छ ।। नेपाल नागरिक उड्डयन […]

पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

काठमाडौं । पाथीभरा देवी दर्शन केवलकार कम्पनीद्वारा ताप्लेजुङको पाथीभरामा निर्माणाधिन केवलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कम्पनीले गत हप्ता काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङको पाथीभरामा निर्माणाधिन केबरकारसँग सबन्धित स्थानीयवासीहरुका सरोकारका केही विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय संघरसंस्थाहरुले वार्ता तथा छलफलबाट समाधान निकाल्ने र परियोजना निर्माणमा […]

चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा छवटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा पुगेको छ । लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ । सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्रगतिमा जारी छ । शम्भुनाथ नगरपालिका–११ देवधारमा रु […]

चीनले ‘शेन्जोउ–२०’ मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्ने

काठमाडौं । चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम अन्तर्गत ‘शेन्जोउ–२०’ अन्तरिक्ष यान यही बिहीबार अप्रिल २४ तारिखका दिन दिउँसो ५ः१७ बजे उत्तरपश्चिम चीनस्थित जिउचुवान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिने जानकारी चीन मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएसएमए) ले दिएको छ । ‘शेन्जोउ–२०’ चीनको मानवयुक्त अन्तरिक्ष यान श्रृङ्खला ‘शेन्जोउ’ को एउटा सम्भावित भविष्यको मिशन हो, जुन चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशनसँग सम्बन्धित […]

चितवनमा ६ लेनको सडक उद्घाटन, आवागमनका लागि खुला

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको गोन्द्राङदेखि पुल्चोकसम्म विस्तार गरिएको ६ लेनको सडक शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। भरतपुरमा आयोजित एक विशेष समारोहका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले संयुक्त रूपमा सो सडकको उद्घाटन गरे। उद्घाटन समारोहपश्चात उक्त सडक सर्वसाधारणका लागि […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँको भ्रष्टाचार, प्रमुख अधिकारीमाथि कारबाही सिफारिस

काठमाडौं । अत्यधिक लागतमा निर्माण सम्पन्न गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले ठहर गरेको छ। संसदको सार्वजनिक लेखा समितिद्वारा गठन गरिएको राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले विमानस्थल निर्माणमा व्यापक आर्थिक अनियमिता भएको निष्कर्ष निकाल्दै अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको घटना भएको ठहर गरेको हो। उक्त उपसमितिले हाल नागरिक उड्डयन प्राधिकरणका […]

२८ दिनपछि पुनः सुरु भयो नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य

काठमाडौं ।  पृथ्वी राजमार्ग अन्तर्गतको धादिङ र काठमाडौं जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य २८ दिनको अवरोधपछि आइतबारदेखि पुनः सुरु गरिएको छ। स्थानीयको विरोधका कारण गत चैत ३ गतेदेखि रोकिएको काम नेपाल प्रहरीको सुरक्षा व्यवस्थामा पुनः थालिएको हो। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार, सुरुङमार्गको चन्द्रागिरी नगरपालिका–२ टुटीपाखा क्षेत्रमा खानेपानी, रोजगारी तथा क्षतिपूर्तिको माग गर्दै स्थानीयले विरोध […]

तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । राजधानी काठमाडौंमा यही चैत २९ गतेदेखि ३१ गतेसम्म तीन दिने तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन आयोजना हुने भएको छ। सो सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन) को अगुवाइमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय को संयुक्त सहयोगमा आयोजना गरिनेछ। टुवाडर्स सेफ सस्टेनेबल इफिसियन्ट एण्ड रेजिलियन्ट मोबीलिटि भन्ने मुख्य नारासहित आयोजना गरिन […]

हुलाकी राजमार्ग दाङ खण्डमा अलपत्र सडक निर्माण, लापरवाह निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत दाङ खण्डको सडक निर्माण अलपत्र पारेको भन्दै सम्बन्धित निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। हुलाकी राजमार्ग योजना निर्देशनालयको नेपालगन्जस्थित कार्यालयले निर्माण व्यवसायी वज्रगुरु कान्छाराम जेभी ललितपुरलाई सात दिनको म्यादसहित स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ। निर्देशनालयका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार म्यादभित्र जवाफ नआए ठेक्का रद्द गरी नयाँ निर्माण कम्पनीमार्फत […]