नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौं । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा मतैक्यता भएको हो । प्रसारण सञ्जालको विस्तारमार्फत विद्युत् व्यापारमा थप […]

बबरमहलमा भूमिगत विद्युतीकरणका क्रममा फुटेको मेलम्ची खानेपानी पाइप मर्मत सकियो

काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि मर्मत कार्य सकिएको छ । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकाएर पानी परीक्षण पनि भइसकेको जानकारी दिएका छन् । केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने मन्त्री यादवको भनाइ छ । […]

कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर

काठमाडौं । कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रदेश सरकारको कार्यसम्पादन सूचकसम्बन्धी विवरण अनुसार कुनै पनि प्रदेशले ५१ प्रतिशतभन्दा माथि अङ्क प्राप्त गरेका छैनन् । आयोगको विवरण अनुसार सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी ५१.६ अङ्क पाएको छ । त्यस्तै गरी मधेश प्रदेशको कार्यसम्पादन अङ्क सबैभन्दा कम […]

रारा ताल क्षेत्रमा बन्ने ‘रारा रिसोर्ट’ को  शिलान्यास

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आउने भएको छ  रारा हेल्डिङ्स रिसोर्ट प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त लगानीमा बन्ने  रिसोर्ट मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा करिब रु एक अर्ब ५० करोड लगानीमा रिसोर्ट निर्माण हुने जनाइएको छ । रोसोर्टको सिलन्यास काठमाडौमा आयोजित एक समारोहका बीच  नेपाल सरकारका […]

 सोह्र वर्षपछि मुआब्जा वितरण

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडकखण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी–दिदिङ सडकखण्डको (२४.५ किलोमिटर) अन्तर्गत चार सय ५४ […]

संवाद र सहकार्यमार्फत केबलकार निर्माण प्रक्रियालाई अघि बढाउन आग्रह

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । नगरप्रमुख अमिर मादेनले ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य […]

सिक्लेस अन्नपूर्ण केबुलकारलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको मान्यता

काठमाडौं ।  सरकारले निजी क्षेत्रको लगानीमा निर्माण हुने सिक्लेस अन्नपूर्ण केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गरेको छ। राष्ट्रिय योजना आयोगको २४ माघमा बसेको बैठकले उक्त आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा राख्ने निर्णय गरेको हो। आयोगका अनुसार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कास्कीको मादी गाउँपालिका–१ र २ मा प्रस्तावित ६.४१६ किलोमिटर लम्बाइको […]

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् । प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीय स्तरमै सिमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताए । […]

सिरहाको देवीदह संरक्षण गर्न बजेट अभावमा भौतिक संरचना जीर्ण बन्दै

सिरहा । सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ […]

ताप्लेजुङ पाथीभरा केबलकार विवाद: आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा उत्रिएको आन्दोलनरत पक्ष र सरकारबीच भएको वार्ता कुनै ठोस निष्कर्षबिना टुंगिएको छ। यसअघि, केबलकारको माथिल्लो स्टेशनमा भइरहेको निर्माण कार्य तत्काल रोक्ने सहमतिसहित माघ २२ गते सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सम्झौता भएको थियो। सो सहमतिपछि पूर्वका विभिन्न जिल्लामा जारी चक्काजाम लगायतका आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएका थिए। […]