बागमती–पथलैया सडक खण्ड विस्तार, ‘ह्याम’ मोडलमा निर्माण गर्ने योजनाबाट सरकार पछि हट्यो
काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बागमती–पथलैया सडक खण्ड ‘ह्याम’ (हाइब्रिड एनयूटी मोडल) मोडलमा निर्माण गर्ने योजनाबाट सरकार पछि हटेको छ । कानुनी जटिलताका कारण बागमती–पथलैया सडक खण्ड ह्याम मोडलमा विस्तार गर्ने योजनाबाट पछि हटेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशिलबाबु ढकालले जानकारी दिए । कमला–ढल्केबर–पथलैया सडक खण्डको केही भाग ह्याम मोडलमा निर्माण गर्ने गरी सरकार […]

