पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले  जानकारी दिए । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रु बाटोमै अलपत्र परेका  महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले  […]

पोखरीयामा ५० करोड बराबरको बिकासको काममा सहयोग संचालन गरिनेः मन्त्री गुप्ता

पर्सा । समृद नेपाल खुशि नेपालीको नारा पोखरियाको जनताले व्यवहार महशुस गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताएका छन् । पोखरियामा आयोजना भएको मालपोत तथा नापी कार्यालयको सेवा केन्द्रको उद्घाटनको क्रममा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राजकुमार गुप्ताले ग्रामिण क्षेत्रका जनताको आज दिन निकै खुशिको दिन भएको बताए । १४ किलो […]

अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

काठमाडौं । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल-खावा सडकखण्डको ठेक्का रद्द गरेको छ । आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो । कार्यालयको मङ्गलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि-खावासम्मको सडक विस्तारको गौरी […]

पाथीभरा केवलकार विवादमा वार्ता आव्हान

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह गरिएको जानकारी दिए । मन्त्रालयले सोमबार राति सूचना जारी गरेको थियो । सूचनामा भनिएको छ, “निर्माण कार्य स्थगित […]

करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा विछ्याउँदै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउने भएको छ । महानगरका लागि कूल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा विछ्याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले चालु आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठवटा योजना कार्यान्वयन ल्याइएकोमा पाँचवटा योजना सम्पन्न भएको जनाएको छ । […]

केबलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन

काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । आफूहरू केबलकार निर्माणको पक्षमा रहेको सन्देश दिने उद्देश्यले स्थानीयले केबलकार निर्माण गर्न पाथीभरा देवी केबलकार कम्पनीलाई आग्रह गरेका हुन् । उनीहरू लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा सहभागी भएका […]

बिपी राजमार्गको पुनःनिर्माणका लागि जापानसँग आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका विदश राज्यमन्त्री मियाजी ताकुमाले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री डा देउवा र जापानी राज्यमन्त्री ताकुमाबीच आज भेटवार्ता भएको हो । सो भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षहरूका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका […]

महानगरमा जीआईएस प्रविधिः सडक नामकरणदेखि पूर्वाधार व्यवस्थापनसम्म

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङ्कन थालेको छ । गएको पुस ९ गतेदेखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम थालिएको हो । नक्साङ्कनका क्रममा यस अघि गरिएका कामबाट […]

सौर्य ऊर्जा विकासका लागि कार्यविधि संशोधन

काठमाडौं । ऊर्जा मिश्रणको अवधारणालाई थप विस्तार गरी लगानी प्रवर्द्धन गर्ने लक्ष्यका साथ विद्युत् विकास विभागले ‘ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि, २०७८’ संशोधन गरेको छ । वैकल्पिक विद्युत् उत्पादन आयोजना र यससँग सम्बन्धित प्रसारण लाइनलाई राष्ट्रिय ग्रीडमा जोड्न, सरल, सहज र पारदर्शी तुल्याई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक भएकाले विद्युत् नियमावली, २०५४ अनुसार उक्त कार्यविधि […]

‘आर्क ब्रिज’ क्षेत्रको यातायात सहज बनाउने योजनमा प्राधिकरण

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबिखोला करिडोर अन्तर्गत बिजुली बजार स्थित ‘आर्क ब्रिज’ क्षेत्रको यातायात सहज बनाउन सडक विस्तारको योजना अघि बढाएको छ। हाल बानेश्वरतर्फ मात्र सवारी पास हुने गरी एकतर्फी बाटो सञ्चालनमा रहेकाले आगामी दिनमा बबरमहलतर्फबाट पनि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गर्न लागिएको हो। प्राधिकरणकी विकास आयुक्त जानुका ढकालका अनुसार, बबरमहलतर्फबाट […]