अविरल वर्षाका कारण कान्तिलोकपथ अवरुद्ध

काठमाडौं । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ । भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको हो । बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएका छन् ।

काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु

काठमाडौं । काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङ मार्गको जोडी सुरुङ (Twin Tube Tunnel) मध्ये १ हजार ७२८ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फको सुरुङ मार्ग साउन २१ गते […]

नारायणगढ-बुटवल सडक : वर्षाले रोकिएको निर्माण कात्तिक १५ पछि मात्र सुरु हुने

नारायणगढ-बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो । सडक निर्माणका लागि यही साउन १० गते पुनःएक वर्ष म्याद थप भए पनि अहिले सडक विस्तारको काम […]

पोखरा र गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको लागि ओलीको पहल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि  मन्त्रालयसँग स्पष्ट योजना मागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती दुई नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या, समाधानका उपाय […]

निर्माण व्यवसायीलाई क्रेडिट/रेटिङ व्यवस्थाको सीमामा सहजीकरण

काठमाडौं ।राष्ट्र बैंकले निर्माण व्यवसायीलाई अतिरिक्त भार पार्ने गरी ल्याएको क्रेडिट/रेटिङ व्यवस्थाको सीमामा सहजीकरण गरेको छ। केन्द्रियले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै निर्माण व्यवसायीलाई क्रेडिट/रेटिङ व्यवस्थाको सीमामा सहजीकरण गरेको हो। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जामध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिटररेटिङ व्यवस्थाको […]

नारायणगढ–बुटवल सडक खण्ड विस्तार: ६ वर्षमा ५३ प्रतिशत भौतिक प्रगति, तेस्रो पटक म्याद थप

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गको नारायणगढ–बुटवल सडक खण्ड एशियन स्ट्यान्डर्ड हाइवे अन्तर्गत चार लेनमा विस्तार गर्न ठेक्का लागेको ६ वर्ष भइसकेको छ । ६ वर्षको अवधिमा उक्त सडक खण्डको विस्तार ५३ मात्र सम्पन्न भएको छ । निर्धात समयमा सडक विस्तार नहुँदा यस अघि दुई वर्ष विस्तारको म्याद थप भइसकेको छ । अहिले पुन एक वर्षका लागि […]

यस्तो छ लगानी बोर्डका सिइओ भट्टले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनको प्रगति विबरण

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्ड अध्यक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यसम्पादन प्रतिवेदन बुझाएका छन् । सिइओ भट्टले बिहीबार प्रधानमन्त्री समक्ष गत आर्थिक वर्ष २०८०/८१ का लागि भएको कार्यसम्पादन करार बमोजिमको कार्यसम्पादन प्रतिवेदन बुझाएका  हुन् । सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को नियम ८ बमोजिम सम्माननीय प्रधानमन्त्री तथा लगानी […]

बुद्धनगर–बबरमहल जोड्ने पुल चर्कियो, आवागमन बन्द

काठमाडौं । बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किए पछि सवारी आवागमन बन्द गरिएको छ । काठमाडौं महानगरपालिकाको धोबीखोला अन्तर्गत बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि सवारी आवागमन बन्द गरिएको हो । लगातार भारी वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले १० नम्बर र ११ नम्बर वडा जोड्ने पुल चर्किएको हो । पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको महानगर […]

कुन सडकमा सरकारको कति लगानी

काठमाडौं ।चालु आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। जसमध्ये सडक पूर्वाधार तर्फ १ खर्ब ४४ अर्ब ३४ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ। बजेट रकमका आधारमा सरकारको प्राथमिकतामा काठमाडौं–तराई मधेश […]

काठमाडौं महानगर १ अर्ब ७५ करोडमा १२५ वटा आयोजना बनाउँदै, डीपीआर तयार

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्व ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । यसमध्ये ५८ वटा योजना वडाहरुबाट माग भएर आएका हुन् । सम्पदा तथा पर्यटन विभागका २८ वटा, हरियाली आयोजनाका […]