८७ प्रतिशत ऋण लिएर पूँजीगत खर्च गर्ने योजनामा सरकार

काठमाडौं । नेपाल पूर्वधार पत्रकार समाजले आयोजना गरेको ‘बजेटमा पूर्वाधार क्षेत्र’ छलफल कार्यक्रममा सरोकारवालाहरुले पूँजीगत खर्च ऋणमा मात्रै भर परेको बताएका छन् । करिब साढे ३ खर्ब रुपैयाँको पूँजीगत बजेटमा ८७ प्रतिशत स्रोत ऋणबाट ब्यहोर्ने गरी व्यवस्था रहेको छ । सरकारले साढे ३ खर्बको पूँजीगत बजेटमा १३ प्रतिशत मात्रै राजश्वबाट ब्यहोर्ने गरी विनियोजन गरेको भौतिक पूर्वधार […]

पूर्वाधारमा बजेटको आकार बढेपनि खर्च गर्ने आधार कमजोर

काठमाडौं ।  सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाएपनि खर्च गर्न सक्ने गरी नआएको बताएका छन् । ‘बजेट पूर्वाधार क्षेत्र र निर्माण क्षेत्रको अबको बाटो’ विषयक अन्तक्रियामा पूर्वाधार क्षेत्रका विज्ञहरुले अनुशासनमा नबसी बजेट विनियोजन गरेको बताएका हुन्। छलफलमा, नेपाल सरकार पूर्व सचिव किशोर थापाले गत वर्षको तुलनामा बजेटको आकार बढाए पनि निर्माण व्यवसायीले काम गरेको खर्च पाउँछन् […]

अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुने  

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुने भएको छ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा ब्रेक थ्रु कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । आयोजनाको सुरुङ प्रधानमन्त्रीद्वारा ब्रेक थ्रु निश्चित भइसकेको आयोजना निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन) ले जनाएको छ । उक्त आयोजनाको ७० प्रतिशत काम सकिएको छ […]

३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण

काठमाडौं । संघीय सरकारले देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको छ । २०८० फागुनसम्म देशभर १८ हजार २ सय ४१ किलोमिटर सडक कालोपत्रे भएको छ । ७ हजार […]

सडक डिभिजनले भन्यो, बालेको कदम अराजक र बलमिच्याइँपूर्ण

काठमाडौं । सडक डिभिजन कार्यालय, काठमाडौँले महानगरपालिककाले फोहोर फालिदिएको बिषयलाई लिएर आपत्ति प्रकट गर्दै महानगरले कानुनी राज्यको उपहास गरेको भनेको छ । सडक डिभिजन कार्यलयले शनिबार एक विज्ञप्ति जारी गर्दै ‘काठमाडौँ जिल्लाभित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ […]

तराई/मधेश द्रुतमार्गको धेद्रे सुरुङमार्ग ब्रेक थ्रु

काठमाडौं । तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग ब्रेक थ्रु  भएको छ । सुरुङको ब्रेक थ्रु रक्षामन्त्री हरि प्रसाद उप्रेतीले ब्लास्टिङ स्विच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । यस अघि गढी गाउँपालिकामा […]

आइतबार ९ अर्बको विकास ऋणपत्र खुल्ला हुने

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र–२०८७ ‘च’ बिक्री खुला गर्ने भएको छ । कार्यालयले ६ वर्षे अवधिको ९ अर्ब रुपियाँको ऋणपत्र बिक्री खुला गर्न लागेको हो । उक्त ऋणपत्रको बोलकबोल जेठ १३ गते (आइतबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने निष्कासन जेठ १४ गते (सोमबार)हुनेछ । यसको सावाँ भुक्तानी २०८७ जेठ […]

तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु

काठमाडौं । तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको जलबिदुत आयोजनाको संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा  शिलान्यास गरेका छन्  । यो आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड रहेको छ  । यो […]

धुलिखेल-खावा सडक खण्डः दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड बन्द गरेर विस्तारको काम गरिएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायका प्रतिनिधिसहित सोमबार भएको बैठकले निर्माणाधीन उक्त खण्डमा मंगलबार र बुधबार दिउँसो चार घन्टा बन्द गरेर विस्तारको काम गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार आज र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार […]

निजी क्षेत्रको  महत्त्वपूर्ण भूमिकाले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने स्थिति आएको हो  : प्रधानमन्त्री

काठमाडौं । निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आव्हान गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास व्यक्त गरे । “छिमेकी राष्ट्र भारतसँग १० वर्षमा […]