बेलिब्रिज बगाउँदा तुइन र फड्केले जोडियो तातोपानी नाका

काठमाडौं । भोटेकोशीको बेलिब्रीज बगेपछि ठप्प बनेको उत्तरी नाका तातोपानी नाकालाई लार्चामा तुइन र फड्के बनाएर जोडिएको छ । भोटेकोशी गाउँपालिका-२ बाट चीन जोड्ने कोदारी राजमार्ग २६ किलोमिटरको लार्चामा बेलिब्रीज र लिपिङमा मोटरबेल पुल बगेयता सीमाक्षेत्रको राजधानी जोड्ने सडक सम्पर्क पूरै टुटेको थियो । पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र […]

प्रिमियरमा आइपिओ ल्याउन लागेको मारुति सिमेन्टको साधारणसभा हुँदै

काठमाडौं । मारुती सिमेन्ट्सले आफ्नो ३० औँ वार्षिक साधारणसभा कात्तिक ११ गते वार्षिक साधारणसभा विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११:३० बजे बोलाएको छ । साधारणसभामा आर्थिक वर्ष २०८०।८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्तापुँजीको ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरी पारित गर्ने पर्सताब रहेको छ । साधारणसभाले […]

दशैं अघि बिपी राजमार्ग सञ्चालनमा नआउने, वैकल्पिक सडक प्रयोग गर्न भौतिक मन्त्रालयको आग्रह

काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लालाई छोटो दूरीमा राजधानीसँग जोड्ने बिपी राजमार्ग दशैं अघि सञ्चालनमा नआउने भएको छ । गत असोज ११ र १२ गते अबिरल वर्षाका कारण आएको बाढीपहिरोबाट बिपी राजमार्ग क्षतविक्षत बनेको थियो । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले दशैं अघि बिपी राजमार्ग सञ्चालनमा नआउने जानकारी […]

बाढीपहिरोबाट ३४ राजमार्गका ८०५ स्थान र ८ पुलमा क्षति, संरचरना पुन स्थापना गर्न २५ अर्ब लाग्ने

काठमाडौं । गत असोज ११ र १२ गते अबिरल वर्षाका कारण आएको बाढीपहिरोबाट ३४ राजमार्गका ८०५ स्थान र ८ पुलमा क्षति पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले बाढीपहिरोबाट ३४ राजमार्गका ८०५ स्थान र ८ पुलमा क्षति पुगेको जानकारी दिए । […]

नेपालको बिजुली बङ्गलादेशले  किन्ने  आज सम्झौता हुँदै

काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी […]

रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट यातायात सञ्चालन

काठमाडौं ।सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी आइतबार साँझबाट यातायात सुचारु भएको छ । मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन सुचारु भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । खुर्कोटको पुल बाढीले बगाएपछि मन्थली–पकरवास–भीरपानी सडकखण्ड […]

बीपी राजमार्ग क्षतविक्षत, सडक खुल्न कम्तिमा तीन दिन लाग्ने

काठमाडौं । तराईका जिल्लालाई छोटो दूरीमा राजधानीसँग जोड्ने जापान सरकारको सहयोगमा निर्माण भएको बीपी राजमार्ग दुई दिनअघिको अविरल वर्षाका कारण क्षतविक्षत गरी भत्किएको छ । उक्त राजमार्गको खुर्कोट–नेपालथोक खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ स्थित कानढुङ्ग्री नजिकै करिब ३० मिटरभन्दा बढी सडक शनिबार राती भासिएर आवागमन नै नहुने अवस्थामा पुगेको छ । सुनकोशी नदीमा आएको बाढीले उक्त सडकको फाउण्डेसन […]

बाढी पहिरोका कारण ६८ स्थानका सडक अवरुद्ध

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाको कारण  देशका विभिन्न राजमार्गका ६८ वटाभन्दा बढी स्थानमा सडक अवरूद्ध भएको छ । कतै–कतै आंशिक रुपमा एकतर्फी सवारीसाधन सञ्चालनको प्रयास भइरहेको भए पनि अधिकांश सडक ठप्प नै छन् । विभिन्न २३ राजमार्गका ६८ ठाउँ पूर्ण क्षति भएका छन् भने ३ सय ८० ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्न […]

बाढीले नेपालथोक–खुर्कोट सडकखण्ड भासियो, आवत -जावत अबरुद्द

काठमाडौं । गएको असोज ११ र १२ गते परेको निरन्तर पानीको कारणले  आएको बाढीका कारण बिपी राजमार्ग अन्तर्गतको नेपालथोक–खुर्कोट सडकखण्ड भासिएको छ । सुनकोसी नदीको बहाबले निरन्त कटान गर्दा  बिपी राजमार्गको खुर्कोट नेपालथोक सडकखण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ कानढुङ्ग्री नजिक सडक भासिएको हो । सडक भासिएपछि उक्त खण्ड अवरुद्ध भइ सवारी आवत जावत बन्द भएको […]

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गा हुने चन्द्र ढकालको दाबी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग […]