नुवाकोटको तादी खोलामा सेनाद्वारा ६० मिटर लामो फलामे पुल जडान तीव्र

काठमाडौं । नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएपछि ठप्प बनेको यातायात सेवालाई पुनः सञ्चालनमा ल्याउन नयाँ पुल जडान सुरु गरिएको हो। साविककै पक्की पुलको दुवै छेउका टेका प्रयोग गरी नयाँ फलामे […]

जेनजी आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

काठमाडौं । नेपालको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा ‘जेनजी’ आन्दोलनपश्चात्को वर्षदिनमा थुप्रै नीतिगत र कानुनी सुधारका प्रयास भइरहेका छन् । मुलुकको विकास निर्माणमा वर्षौंदेखिको बाधकका रूपमा चित्रण गरिएको ‘सार्वजनिक खरिद ऐन, २०६३’ जेनजी आन्दोलनपछिको निर्वाचित वर्तमान सरकारले संशोधन गरी समयसापेक्ष बनाएको छ । पूर्वाधार निर्माण र विकास आयोजनाका क्षेत्रमा यो कानुनको समयसापेक्ष संशोधन र परिमार्जनलाई […]

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त, हिलो र धुवाँले स्थानीय मर्कामा

काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्तगतिमा अघि बढ्दा स्थानीयवासीलाई भने मर्का परेको छ । काठमाडौं उपत्यकालाई काभ्रेपलाञ्चोकसँग जोड्ने उद्देश्यले आज भन्दा तीन वर्ष अघिदेखि सुरु गरिएको झन्डै १६ किलोमिटर सडक तोकिएकै समयमा निर्माण नहुदा स्थानीयवासी हिलो र धुवाँका कारण मर्कामा परेका हुन् । सडक विस्तारका लागि तोकिएको ३६ महिनाको मूल सम्झौता अवधि समाप्त भएपछि […]

अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

स्याङ्जा । वालिङ नगरपालिका-१ यवादीमा रहेको धनुबाँसे आयुर्वेद औषधालयको भवन लामो समयदेखि अलपत्र छ । स्थानीयलाई स्वास्थ्योपचारमा सहज पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको आयुर्वेद औषधालय पाँच वर्षदेखि अलपत्र परेको हो । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत विसं २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग १८ महिनाभित्र भवन सम्पन्न गर्ने गरी सम्झौता […]

बाढी प्रभावितलाई २१ दिनभित्र पुनःस्थापना गर्न

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई २१ दिनभित्र सामान्य जनजीवनमा फर्काउन प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनको काम अघि बढाउने गरी एक विशेष कार्यदल गठन गरेको छ। गठित कार्यदलले बाढी प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका अत्यावश्यक क्षेत्रमा कार्य पहिचान, निकायगत […]

बाढी प्रभावित जिल्लामा सहयोग सामग्री पुर्‍याउन निर्माण व्यवसायी महासंघले सवारी साधन जुटाउँदै

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बाढी प्रभावित जिल्लामा मानवीय सहायता तथा राहत सामग्री पुर्‍याउन आवश्यक सवारी साधन जुटाउन थालेको छ। महासंघले आफ्ना सदस्य निर्माण व्यवसायीहरूसँग पिकअप, मिनी ट्रक लगायतका सवारी साधन उपलब्ध गराउन आग्रह गरेको छ। बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्न सहज होस् भन्ने उद्देश्यले सवारी साधनको व्यवस्था गर्न लागिएको […]

गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

काठमाडौं । म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित आयोजनामार्फत पाँच सय घरमा खानेपानी र ९१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८२/०८३ मा २२ सिँचाइ र १७ वटा खानेपानी योजना निर्माण गरी सुविधा विस्तार गरेको हो । कार्यालय प्रमुख सिनियर […]

परिक्षणका लागि नागढुङ्गा सुरुङमार्ग निजी सवारीका लागि खुला

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ। सुरुङमार्ग हाल परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो। नागढुङ्गा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु क्षमता भएका कार, जीप र भ्यानलगायत निजी सवारी साधनलाई काठमाडौं–धादिङ आवागमनका लागि सुरुङ प्रयोग गर्न अनुमति दिइएको छ। हाल सुरुङमार्ग बिहान ९ […]

गाँजाको व्यावसायिक उत्पादन र औषधीय प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले गाँजाको उत्पादन र बजारीकरणलाई केवल आय, रोजगारी […]

कञ्चनपुरमा ठुला योजना : निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

काठमाडौं । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलको काम अलपत्रजस्तै छ। ९५ प्रतिशत भौतिक प्रगति भइसकेको उक्त पुलको काम सरकारी पक्षबाट ड्याम (गाइण्ड बण्ड)को नयाँ डिजाइन र भेरियसन अर्डरमा भइरहेको ढिलाइले काम अलपत्र अवस्थमा पुगेको हो। केही समय अघि गत वर्ष महाकाली नदीमा […]