बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

भैरहवा । वर्षौँदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्तको समस्या झेल्दै आएको बुटवल–नारायणगढ सडक खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ । सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन् । निर्माणाधीन सडकका प्रमुख भागमा ढलानको काम लगभग सकिएको र सवारीसाधन सञ्चालनका लागि सडक अवस्था सुधार भएकाले […]

जोर्तीघाटमा झोलुङ्गे पुल निर्माणः तीन जिल्लाका स्थानीयलाई राहत

खोटाङ । दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकैसाथ दुई वटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्ने गरी दूधकोशी र सुनकोशीमा दुई वटा झोलुङ्गे पुल निर्माण गरिएको हो। जोर्तीघाटमा निर्माण गरिएका झोलुङ्गे पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई […]

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

काठमाडौं । मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ । नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ । सो सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ । सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ […]

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । नेपाल सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका […]

काठमाडौं–तराई फास्ट ट्र्याकका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले काठमाडौं–तराई फास्ट ट्र्याकका लागि थप १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त आयोजनाका लागि सो बजेट विनियोजन गरिएको हो । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।  

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पटक म्याद थप हुँदासमेत अझै पूरा हुन सकेको छैन । तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ । आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गर्दै आगामी असार १५ […]

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

बागलुङ । बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको रु ७२ लाख लगातमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ । गण्डकी प्रदेश सरकारको रु ६० लाख […]

कालोपत्रे सडक र सुरुङमार्ग निर्माणमा महत्वपूर्ण उपलब्धी

काठमाडौं ।  भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षहरूमा लगानी विस्तारसँगै सडक सञ्जाल, रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेखनीय प्रगति भएको देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ ले सडक निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा सञ्चार पूर्वाधार विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल भएको देखाएको छ। सर्वेक्षणअनुसार सङ्घीय सरकारबाट निर्मित कालोपत्रे सडकको घनत्व प्रति वर्ग किलोमिटर १३८.७ मिटर […]

नेपाल सरकारले कार्बन बचेर साढे ४ अर्ब प्राप्त गर्यो

काठमाडौं । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न कार्बन व्यापारबाट नेपालले आम्दानी प्राप्त गर्न सुरु गरेको छ । २०८२ फागुनसम्म करिब ३.६ करोड अमेरिकी डलर अर्थात् आजको विनिमय दर अनुरुप ४ अर्ब ५८ करोड ४० लाख रुपैयाँ प्राप्त गरेको छ । उक्त रकम कार्बन व्यापारबाट राजस्व प्राप्त भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । वैकल्पिक वैकल्पिक […]

नेपाल पूर्वाधार निर्माण कम्पनीको सीईओ नियुक्ति अन्तिम चरणमा, १४ उम्मेदवारले दिए आवेदन, बुधबारसम्म ६ जना सर्टलिस्ट हुने

काठमाडौं । नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कम्पनीले वैशाख ११ गते सीईओ पदका लागि आवेदन आह्वान गरेको थियो। प्रमुख कार्यकारी अधिकृतको नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ को दफा १३ को उपदफा (२) बमोजिम आवेदन माग गरिएकोमा प्राप्त दरखास्तमध्ये न्यूनतम योग्यता पुगेका १४ जना उम्मेदवारको रहेका छन् […]