RE
Global College

दसैँ–तिहारको यातायातबारे छलफल गर्न पूर्वाधार विकास समितिको बैठक आह्वान

काठमाडौं । दसैँ, तिहार तथा छठ लगायतका प्रमुख चाडपर्व नजिकिएसँगै यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गर्न पूर्वाधार विकास समितिको बैठक बस्ने भएको छ । समितिको बैठक आगामी सोमबार बिहान ९ः३० बजे सिंहदरबारस्थित पूर्वाधार विकास समितिको बैठक कक्षमा बस्ने तय भएको हो ।

बैठकमा मुख्य रूपमा चाडपर्वका समयमा हुने यात्रुहरूको चापलाई मध्यनजर गर्दै यातायात व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउने सम्बन्धमा गहन छलफल हुने जनाइएको छ। समितिका सम्पूर्ण सदस्यहरूसहित सम्बन्धित सबै पक्षलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।

Leave Your Comment

Related News