जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। सेबोनले सोमबार कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको हो। कम्पनीले मङ्सिर २० गते धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पेश गरेको थियो। बोर्डको स्वीकृति पश्चात अब कम्पनीले कुल २४ लाख १४ हजार १ सय […]

पीपीए प्रक्रिया अघि बढाउन ५१ जलविद्युत कम्पनीसँग विद्युत प्राधिकरणद्वारा विवरण माग

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएका ५१ जलविद्युत् कम्पनीसँग ४ दिनभित्र आवश्यक विवरण बुझाउन निर्देशन दिएको छ। प्राधिकरणको ९९४औँ सञ्चालक समितिको निर्णयअनुसार कनेक्सन एग्रिमेन्ट सम्पन्न गरिसकेका आयोजनाहरूसँग प्राथमिकता निर्धारणका लागि विभिन्न अध्ययन गर्न लागिएको हो। सोहीअनुसार कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राथमिकता सूची तयार गर्न निर्देशन दिएका छन्। प्राधिकरण अन्तर्गतको […]

हकप्रद शेयर जारी पिपुल्स पावरको असार २ गते बुकक्लोज

काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । कम्पनीले असार २ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार असार १ गते आईतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ कित्ता साधारण शेयर बराबर ०.५ अर्थात ५० […]

टेक एन्ड पे नीतिप्रति इप्पानको असन्तुष्टि

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले टेक एण्ड पे नीतिमा विद्युत् खरिद सम्झौता गर्दा लगानी जोखिममा पर्ने उल्लेख गर्दै असन्तुष्टि जनाएको छ । आज  आयोजित पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले टेक एन्ड पेमा मात्र विद्युत् खरिद सम्झौता गर्दा जलविद्युत् आयोजनाको रु ६६ अर्ब २२ करोड लगानी जोखिममा पर्ने दाबी गरे। उनले उक्त समस्यालाई […]

‘शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ: उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन् । साथसाथै फाउण्डेसनले कोइला ऊर्जाको प्रयोग बन्द गर्ने अभियानसम्बन्धी आज ज्ञापनपत्र बुझ्दै उनले कार्बन उत्सर्जन शून्यमा झार्नका लागि सरकारले विभिन्न योजनाबद्ध कार्यक्रमलाई अगाडि सारेको बताए । मन्त्री खड्काले हरित ऊर्जालाई अगाडि बढाउनका लागि सरकारले कानुनी र नीतिगत […]

इप्पानको टोलीसँग ऊर्जामन्त्री खड्काले भने : “ऊर्जा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ”

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको ऊर्जा क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । आज मन्त्री खड्कालाई भेटी ज्ञापनपत्र बुझाउन आएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इप्पान०को टोलीसँगको छलफलमा उनले सरकारले आगामी दिनमा ऊर्जा क्षेत्रका संरचनागत समस्या समाधान गर्न आवश्यक पहल गर्ने विश्वास दिलाए । इप्पानले सरकारको हालैको […]

वर्तमान सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको हत्या गर्‍यो : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको उल्लेख गरेका छन् । बजेट वक्तव्यमार्फत सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ भनेर सरकारले आयोजनाको घाँटी छिनालेको उनले आरोप लगाए । २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारले घाँटी रेट्न सुरु गरेको र अहिले ओली सरकारले २०८२/०८३ […]

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेट: दूधकोशीदेखि तमोरसम्मका ठूला आयोजना अगाडि बढ्ने, वैकल्पिक ऊर्जामा पनि जोड

काठमाडौं ।  सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रु. ८६ अर्ब १ करोड बजेट विनियोजन गरेको छ। समग्रमा ऊर्जा आत्मनिर्भरता, सिँचाइ पूर्वाधार विस्तार, जलविद्युत निर्यात, र वैकल्पिक ऊर्जा प्रवर्द्धन बजेटका प्राथमिकतामा छन्। सरकारले ९४२ मेगावाट थप जलविद्युत उत्पादन गरी देशको कुल जडित क्षमता ४,८०० मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ। […]

प्रसारण लाईन विस्तार विकासका लागि १३ अर्ब १८ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षा लागि प्रसारण लाईन विस्तार विकासका लागि १३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत उद्योगलाई प्रसारण लाइन निर्माण देखि लिएर उपत्यकमा भूमिगत विद्युतको विकास , कर्णालीमा नियमित विद्युत आपूर्तिका लागि कोहोलपुर , सुर्खेत जुम्ला १३२ केभी प्रसारण लाइन दुई वर्ष भित्र सम्पन्न गरिने छ ।

जलविद्युत अयाोजना सँगै समाप्त हुने गरी सबस्टेशन र प्रसारण लाइन निर्माण गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् जलविद्युत अयाोजना सँगै समाप्त हुने गरी सबस्टेशन र प्रसारण लाइन निर्माण गरिने बताएको छ । विद्युत उत्पादन र खरिद बीच सन्तुलन हुने गरी विद्युत खरीद सम्झौता नीति कार्यान्वयन गरिने छ ।