पाँचथर पावर कम्पनीले एक्सेस इन्भेष्टमेन्ट र मेघा भेञ्चर प्राप्ति गर्ने

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले एक्सेस इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. र मेघा भेञ्चर प्रा.लि.लाई प्राप्ति (Acquisition) गर्ने भएको छ । कम्पनीको पुस ९ गते  बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले दुई कम्पनीलाई अधिग्रहण गर्ने सम्बन्धमा साधारण सभाबाट स्वीकृति प्राप्त गर्ने तथा त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ। साथै, […]

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा मिति पनि तय

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित)  गरी १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्ताव पेश गर्न चिलिमिले पुस ३० गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले […]

डडेल्धुरामा खम्बा पुगे, बिजुली पुगेन

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतिक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन । चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो उनले गरिन् । गाडिएका खम्बा हाल कपडा सुकाउने र घाँस राख्ने थामोका रूपमा प्रयोग […]

अपर हेवाखोला हाइड्रोपावरको बोनस सेयर घोषणा

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश गरी १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

घाटामा रहेका हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न दिदाँको असर देखिन थाल्यो, हालसम्म १८ कम्पनीले मात्र घोषणा गरे लाभांश

काठमाडौं । घाटामा रहेका र विद्युत उत्पादन सुरु नगरेका  हाइड्रोापवर कम्पनीहरुलाई धमाधम आइपीओ बिक्री गर्न अनुमति दिदाँको असर देखिन थालेको छ । यसको प्रभाव त्यस्ता कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताहरुलाई परेका देखिन्छ । चालु आर्थिक वर्षको पुस ७ गतेसम्म आइपुग्दा सूचीकृत १८ वटा हाइड्रोपावर कम्पनीले मात्र लाभांश घोषणा गरेका छन् । भने ३८ हाइड्रोपावर कम्पनीले […]

एचआईडिसिएलको बोनस सेयरमा मूल्य समायोजना

काठमाडौं । नेपाल स्टक एक्सेचन्ज(नेप्से)मा  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीकोबोनस सेयरमा मूल्य समायोजना भएको छ । यो कमप्नीको १.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा २५५.१७ रुपैयाँमा कायम भएको छ । सोमबार को अन्तिम कारोबार मूल्य २५९ रुपैयाँलाई आधार मानेर भाउ समायोजना भएको छ । कम्पनीको समायोजित  मूल्यलाई आधार मानेर मंगलबार कारोबार खुला हुनेछ । […]

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला । जुम्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन गर्ने विभिन्न उपकरण सडकमा अलपत्र परेका हुन् । जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त जलविद्युत् आयोजना बन्द भएपछि लाखौँ खर्चेर खरिद गरिएका सामग्री प्रयोगविहीन बनेका स्थानीय […]

जेनजी र स्थानीयबासीको नाममा सेयर माग्न थालेपछि हैरान भए हाइड्रोका लगानीकर्ता

काठमाडौं । जेनजी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरुमा निःशुल्क सेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरु हैरान हुन थालेका छन् । ऊर्जा आयोजनाहरुले नेपाल सरकारको कानून अनुसार स्थानीयबासीलाई १० प्रतिशत सेयर जारी गर्ने तथा सरकारले तोके अनुसारको रोयल्टी बुझाउने गरेपनि पछिल्लो समयमा जेनजी र स्थानीयबासीको नाममा निःशुल्क सेयर र करोडौ […]

राहुघाट जलविद्युत् आयोजना : भौतिक प्रगति ९० प्रतिशत बढी

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ । रघुुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले अबको तीन […]

तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३ बेलवासका स्थानीयले मुआब्जा माग गरेका छन् । आयोजनाका कारण व्यास नगरपालिका–१३ स्थित बेलबास सङ्कटमा परेको दाबी गर्दै त्यसको उचित क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् । बेलबासबासका स्थानीय ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाबाट प्रभावित हुने भएपछि आन्दोलित छन् । तनहुँ जलविद्युत […]