आइतबारदेखि भारतबाट १२ घण्टा मात्रै विद्युत आयात हुने, पुन लोडसेडिङको खतरा

काठमाडौं । आइतबारदेखि भारतबाट १२ घण्टा मात्रै विद्युत आयात हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आन्तरिक माग पुर्याउन हाल दैनिक २० घण्टा भारतबाट विद्युत आयात गर्दै आइरहेको छ । हिउँदमा खोला तथा नदीमा पानीको बहाव कम हुँदा बिजुली उत्पादन घट्छ । यस्तोमा आन्तरिक माग धान्न भारतबाट दैनिक २० घण्टा विद्युत आयात गरिँदै आएको छ । […]

अरुण जलविद्युत् आयोजना चाँडो निर्माण गरेर मुलुकले फाइदा लिनुपर्छ: उर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण नदीमा बन्ने जलविद्युत् आयोजना चाँडो निर्माण गरी फाइदा लिनुपर्ने बताएका छन् । अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजनाबारे सोमबार मन्त्रालयमा आयोजित छलफलका क्रममा मन्त्री खड्काले लामो समय जलविद्युत् आयोजना नबन्दा राज्यले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै माथिल्लो अरुण, अरुण चौथोलगायतका आयोजनालाई […]

अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छुट मुआब्जा वितरण पुनः सुरु गरिएको छ । आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा सतलज जलविद्युत् निगम (एसएपिडिसी) बाट रकम प्राप्त भएपछि पुनः वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । उनले आयोजनाको विकासकर्ता कम्पनी एसएपिडिसीले छुट मुआब्जावापतको रु […]

कुलमानले सरकारलाई टेर्दै टेरेनन् : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागी नभएको कारण शुन्य अङ्क दिइएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यदि विद्यार्थी जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? भन्दै प्रतिप्रश्न गरे । उनले कार्यकारी निर्देशक […]

जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौं : सभापति सिंह

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्रमा सदनमा पेस गर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशालामा बोल्दै सिंहले विधेयकमा केही सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै अबको दुई हप्ताभित्र सदनमा पेस गर्ने बताएका हुन्। उनले ऊर्जा विधेयकलाई समेत […]

मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । आइएमई समूहको लागनीमा हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको आयोजना निर्माणस्थलमा परिचालित भएको सिभिल ठेकेदार रुसुवा मल्टी जेभीले प्रारम्भिक चरणको पूर्वाधार निर्माणको काम थालेको हो । ठेकेदार कम्पनीका इञ्जिनियर विद्युत्जङ्ग रावतले बाँधदेखि सुरुङ निर्माणस्थलसम्म पुग्ने दुई सय मिटर […]

सडक बत्तीको महसुल बक्यौता तिर्ने १३ पालिका सम्मानित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल बक्यौता तिर्ने लुम्बिनी प्रदेशअन्तर्गतका पालिकाहरुलाई सम्मान गरेको छ । सडक बत्तीको नियमित रुपमा महसुल र लामो समयदेखिको बक्यौता तिर्ने प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रका क्षेत्रभित्रका नगरपालिका र गाउँपालिकालाई सम्मान गरिएको छ । प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार बुटवलमा गरिएको कार्यक्रममा सडक बत्तीको बक्यौता […]

बलेफी हाइड्रोको १ करोड ६५ लाख कित्ता शेयरको ‘लकइन’ अवधि समाप्त हुदै

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता शेयरको ‘लकइन’ अवधि समाप्त हुदै छ । संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीका लागि बाँडफाँट गरिएको उक्त शेयरको लकइन अवधि चैत २९ गते देखि लकइन अवधि समाप्त हुन लागेको हो । संस्थाले १ करोड ४६ लाख २३ हजार ७६० कित्ता संस्थापक शेयर, १८ […]

ङादी ग्रुप पावर लिमिटेडको शेयर बोलकबोल मार्फत बिक्रिमा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको झण्डै ९ लाख कित्ता शेयर बोलकबोल मार्फत बिक्रिमा रहेको छ । कम्पनीले माग गरेको हकप्रद शेयरमा आबेदन नपरपछि बोलकोबोल मार्फत शेयर खरिदका लागि आम सर्वसाधारणलाई आब्हान गरेको हो । कम्पनीले ८,७३,०६१.२२५ कित्ता शेयर बिक्रिको लागि बोलकबोल गरेको हो । शेयरको प्रतिकित्ता शेयर मूल्य १०० तोकिएको छ । कम्पनीको शेयर […]

बलेफी हाइड्रोको शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि बिक्रीमा राखेको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर खरिद गर्ने आज सोमाबार अन्तिम दिन रहेको छ। बिक्रीमा राखिएको कुल शेयरमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणकै तर लकइनमा नरहेको ६ लाख […]