RE
Global College

हिमस्टार उर्जाको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ।  कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता यस दिन नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एचआईएमएसटीएआर कोड प्रदान गरेको छ।

 

NECO

Leave Your Comment

Related News