पिपुल्स पावरको विद्युत बिक्री बढेपनि नाफा घट्यो

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा  घटेको  छ । विद्युत बिक्री बढेपनि कम्पनीको नाफा घटेको छ । नाफा घट्नुको कारण कम्पनीको खर्च बढ्नु हो । चालु  आवको तुलनामा  कम्पनीको खर्च १९ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको […]

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङ। दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरु भएको […]

बुद्धभूमि नेपालले साधारण सभा मंसिर २४ गते

काठमाडौं । बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । सभा मंसिर २४  गते वालनट बिस्ट्रो, दोचा मार्ग, पानीपोखरी, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । सभामा संचालक समितको तर्फबाट पेश गरेको २०८१\८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरिनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ९ गते बुक कलोज गर्ने भएको छ ।  यस अनुसार […]

नियमन आयोगको निर्णयले प्राधिकरणलाई राहत : महशुल उठाउने निर्णय सही हो

काठमाडौं । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ । दुई उद्योगको उजुरीमाथि सुनुवाई गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको उजुरीमाथि सुनवाई गरेको हो । […]

रिभर फल्स पावर लिमिटेडको नाफा बढ्यो

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।  यसको विद्युत बिक्री बढेपछि नाफा बढेको देखिन्छ । गत आवको पहिलो त्रैमासम्ममा कम्पनीले ९ करोड ९४ लाख ८७ रुपैयाँ को विद्युत बिक्री गरेको थियो भने चालु आवमा १० करोड ६ […]

लमजुङमा मर्स्याङ्दीवेसी आयोजना बन्दा अधिकतम लाभ स्थानीयलाई, सहजीकरणको लागि आग्रह

काठमाडौं । दिव्य ज्योति हाइड्रोपावर लिमिटेडले लमजुङमा ५० मेगावाट क्षमताको मर्स्याङ्दी वेसी जलविद्युत आयोजना निर्माण गर्दा त्यसको अधिकतम लाभ स्थानीयले नै पाउने भएका छन् । कम्पनीले स्थानीयको चासो र चिन्ताको उचित सम्बोधन गर्ने गरि आयोजना निर्माण गर्ने प्रतिवद्दता जनाएको छ । स्थानीयले चासोको साथ उठाएको वातावरण, सस्कृति एवं पुरातात्विक विषयहरुलाई गम्भिरताका साथ लिएको र  आयोजनाको […]

घट्यो यूनिभर्सल पावरको नाफा

काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमाससम्मको वित्तिय विवरण सावर्जनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा घटेको छ । यसको विद्युत बिक्री घटेपछि नाफा घटेको हो । चालु आवमा कम्पनिले ९ करोड ५३ लाख ५८ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ भने यो रकम अघिल्लो आवको तुलनामा २ करोड […]

अप्पर तमाकोशी हाड्रोपावरको नाफा बढ्यो

काठमाडौं । अप्पर तमाकोशी हाड्रोपावरले ‍आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक  गरेको छ  । विवरण अनुसार कम्पनीको नाफा बढेको छ । यसको विद्युत बिक्री बढेपछि नाफा बढेको देखिन्छ । चालु आवामा कम्पनीलाई १ अर्ब ६७ करोड ४६ लाख  रुपैयाँको नाफा भएको छ । गत आवको तुलनामा यो १ अर्ब ४ करोड २७ […]

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट ६१.३५ करोड आम्दानी

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ । पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ […]

झापा इनर्जीको सेयर सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार झापा इनर्जी लिमिटेडको सेयर सूचीकृत भएको छ । यस दिन कम्पनीको ३८ लाख १ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १००.१२ रुपैयाँदेखि ३००.३६ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित […]