जीवन बीमा : ‘आजको आवश्यकता, भोलिको सुरक्षा’, बिना-जयराम दम्पतीको प्रेरक यात्रा

काठमाडौं । तनहुँकी बिना कुमारी न्यौपाने र उनका श्रीमान् जयराम रिमाल सात वर्षयता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स मार्फत स्थानीय समुदायमा आर्थिक चेतना फैलाइरहेका अभिकर्ता हुन् । उनीहरूलाई दैनिक सोधिने प्रश्न एउटै “जीवन बीमा किन आवश्यक ?”  र उनकै जस्तै उत्तर पनि सधैं एउटै “जीवन बीमा आजको तयारी हो, भोलिको सुरक्षा ।” बिना र जयरामका लागि […]

लाभांश पारित गर्न रिलायबल नेपाल लाइफले डाक्यो साधारणसभा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजे ९ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष (आव) को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२ […]

जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी ११ जनामाथि कारबाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी ११ जना व्यक्तिमाथि कारबाही गरेको छ । प्राधिकरणले परीक्षामा अनियमितता गरेको भन्दै ११ जना परीक्षार्थीमाथि कारबाही गरेको हो । ती परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । कारबाहीमा पर्ने परीक्षार्थीमा धनुषा चीरेश्वरनाथ नगरपालिकाका अम्बिका शाह, नुवाकोट राउतबेसीका गोपीकृष्ण आचार्य र तनहुँ ब्यासका अमृत नेपाली छन् । शाह […]

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई  मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो ।  यस पुनर्जागरण अभियान पौष ६ गते देखी २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत […]

आइतबार ९ कम्पनीले घोषणा गरे लाभांश, कुन-कुनको कति ?

काठमाडौं । कालिका लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, स्वरोजगार लघुवित्त, महुली लघुवित्त, सिवाईसी नेपाल, मिथिला लघुवित्त, रिलायबल नेपाल लाइफ इनस्योरेन्स, सूर्य ज्योति लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये, कालिका लघुवित्तले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।

सन नेपाल लाइफले बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणभा बोलाएको छ । कम्पनीलले यहि पुस २५ गते शुक्रबार काठमाडौंको कालिकास्थानस्थित अभृतभोग केटरर्स प्रा.लि मा बिहान साढे १० बजे आठौं र नवौं वार्षिक साधारणसभा डाकेको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (कर […]

बाढी पहिरोबाट भएकाे क्षतिकाे ४ अर्ब बढी दाबी, ११ करोड मात्रै भुक्तानी

काठमाडौं । गत असोजको १८ गतेदेखि अविरुल रुपमा परेको बर्षाका कारण भएको क्षतिका बीमा दाबी भुक्तानी सुस्त देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ अर्ब भन्दा माथिको दाबी परेको भए पनि हालसम्म जम्मा ११ करोडको मात्रै भुक्तानी भएको हो । उक्त बाढी पहिरोबाट हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा कूल ७९० वटा प्रारम्भिक […]

बाढी–पहिरोको क्षति : निर्जीवन बीमामा ४ अर्बभन्दा बढी दाबी, ११ करोड मात्रै भुक्तानी

काठमाडौं । असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७९० वटा प्रारम्भिक बीमा दाबीको कूल करिव ४ अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ९६ वटा दाबीको कूल दाबी रकम करिव ११ करोड १५ लाख बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक […]

दि ओरिएण्टल इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ सहयोग

काठमाडौं । भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु २० लाख सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग रकम बराबरको चेक कम्पनीका अध्यक्ष तथा प्रवन्ध […]