३ करोड बढी दाबी भुक्तानी गर्यो आइएमई लाइफले

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको भदौ महिनामा बीमा दाबीवापत ३ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा ४४ वटा बीमा दाबी वापत ३ करोड २० लाख रूपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले १३ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १ करोड १० लाख […]

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका १५० जना भन्दा बढी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम गरेको हो  । सम्मान कार्यक्रममा […]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले  शेयरधनीलाई चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस शेयर  दिने निर्णय गरेको हो । इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब १८ करोड ४० लाखको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । […]

कार्यकारी निर्देशक नियुक्त नगरी बाहिरिने योजनामा बीमा प्राधिकरणका अध्यक्ष सिलवाल

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त रहेको ३ महिनाभन्दा बढी भइसक्यो । बीमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक राजुरमण पौडेलले जेठ १२ गते अनिवार्य अवकाश पाएसँगै प्राधिकरणले हालसम्म नयाँ कार्यकारी निर्देशक पाउन सकेको छैन । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको कारण प्राधिकरण कार्यकारी निर्देशक बिहीन हुनु परेको कर्मचारीहरु बताउँछन् । पौडेलको अवकाश पछि प्राधिकरणलाई […]

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् । सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गरेको हो । उनी कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेकी थिइन् । उनले ४ वर्षको कार्यकाल सम्हाल्ने छिन् । नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति भएपछि श्रेष्ठले कार्यभार सम्हाल्ने कम्पनीले जनाएको […]

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २, चितवन निवासी निज खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात उहाँका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बिमा वापतको १० लाख रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम […]

साउनमा १० हजार बीमितले साढे एक अर्बको बीमा पोलिसी सरेन्डर गरे

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा बीमितहरुले साढे एक अर्ब रुपैयाँ भन्दा बढीको बीमा लेख समर्पण (सरेन्डर) गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार साउनमा १० हजार २९२ बीमा लेख मार्फत १ अर्ब ५४ करोड ११ लाख १६ हजार रुपैयाँ बराबरको बीमा लेख सरेन्डर भएको छ । बीमा लेख सरेन्डरको आधारमा (एलएआईसी) लाइफ […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा  

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विद्यमान संस्थापक नाममा कायम रहेको २१,९६,००० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।  सो शेयर खरिदको लागि बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता हुने भएको हुँदा सो शेयर खरिद गर्न चाहने बिध्यमान शेयरधनीले न्युनतम २,००,००० कित्ता वा सो […]

एनएलजी इन्स्यारेन्सको हकप्रद शेयर दर संशोधन, अब ६२.५६ प्रतिशत

काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद शेयरको दर संशोधन गरेको छ । अब इन्स्यारेन्सले ६२.५६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सको सोमबार बसकेको संचालक समितिको ४४९ औं बैठकले ६२.५६ प्रतिशतका दरले हकप्रद शेयर प्रस्ताव गरेको हो । इन्स्योरेन्सले यस अघि ६६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको थियो। तर, सो हकप्रद […]

कोरोना बीमा दाबी सम्बन्धमा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमा रकम दाबी सम्बन्धमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । कोरोना बीमाको दावी भुक्तानी गर्न माग गर्दै नेपाल बीमक संघ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको । सर्वोच्चले सरकारलाई १५ भित्र कोरोना बीमा दाबी भुक्तानीबारे […]